इटहरीः मोरङको रतुवामाई नगरपालिका ४ भद्रचोकबाट लागूऔषध र नियन्त्रित औषधिसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ७ का एक जना बालक र सोही स्थानका १९ वर्षीय अभिषेक ओली रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
हिजो दिउँसो प्रहरी चौकी झुर्कियाबाट खटिएको प्रहरी टोलीले उनीहरुका साथबाट नाइट्रोभेट १० लेखिएको ३० ट्याबलेट, कोरेक्स १ बोतल, ट्रमाडोल हाईड्रोक्लोराईड ६६० ट्याब्लेट बरामद गरेको हो ।
पक्राउ परेका दुवै जानलाई इलाका प्रहरी कार्यालय सिजुवाको हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।