केन्टकीः अमेरिकाको केन्टकी राज्यमा अविरल वर्षाका कारण आएको विनाशकारी बाढीले कम्तीमा २५ जनाको ज्यान लिएको छ ।

मृत्यु हुनेमा एक वर्षका बालकसहित कम्तीमा ६ बालबालिका समेत रहेका छन् । पूर्वी केन्टकीको एपलाचिया क्षेत्रमा आएको बाढी दशककै सबैभन्दा खराब प्रकोप भएको जनाइएको छ । 

केन्टकीका गभर्नर एन्डी वेशियरले मृतकको संख्या अझै बढ्ने आशंका गरेका छन् । उनले सयौँ घर तथा व्यवसाय डुबानमा परेको बताए ।

sushma add.

राष्ट्रपति जो बाइडेनले बाढीलाई ‘ठूलो प्रकोप’ घोषणा गरेका छन् । स्थानीय उद्धारकर्ताहरूलाई मद्दत गर्न संघीय सहायता निकायलाई आदेश दिएका छन् ।

नेसनल गार्डसँगको हवाई भ्रमणपछि वेशियरले बाढी अहिलेसम्मको सबैभन्दा खराब भएको जानकारी दिए । “त्यहाँ अझै धेरै व्यक्तिहरू छन्, अझै धेरै व्यक्तिहरू बेपत्ता छन् । हामी ती सबैलाई फेला पार्न सक्दो प्रयास गर्नेछौँ,” उनले भने, “सबै पीडितहरूको उद्धार गर्न हप्तौँ लाग्न सक्छ ।” -बीबीसीबाट