इटहरीः झापामा एम्बुलेन्सको ठक्करबाट घाइते भएका स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गाउँपालिका–६ का २३ वर्षीय राजेश कार्की रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार यही साउन ४ गते झापाकै कन्काई नगरपालिका–३ स्थित सुरुंगा–कुमरखोद सडकखण्डमा दक्षिण तर्फबाट उत्तरतर्फ गइरहेको मे१च १६५४ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट आइरहेको प्र १–०१–०१५ प २१४८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार कार्कीका श्रीमान्–श्रीमती घाइते भएका थिए । 

sushma add.

दुर्घटनापछि उपचारका लागि राजेशलाई नोबेल अस्पतालमा र उनकी श्रीमती शर्मिला कार्कीलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा लगिएको थियो । उपचारका क्रममा आज राजेशको मृत्यु भएको हो । ४६ वर्षीय एम्बुलेन्स चालक चन्द्रबहादुर विकलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।