इटहरीः झापाको छुट्टाछुट्टै स्थानबाट १ लाख ६० हजारभन्दा बढी मूल्यको अवैध समान बरामद भएको छ ।

kasturi add.

भारतीय बजारबाट अवैध रुपमा भन्सार छली सामान ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो मेचीनगर नगरपालिका–६ गैरीगाउँबाट १ लाख ६ हजार मूल्य बराबरको सारी, कुर्था लगायतका समानहरु बरामद गरेको थियो ।

sushma add.

यसैगरी जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट आइतबार बेलुका ६० हजार रुपैयाँ बराबरको जुत्ता बरामद गरेको थियो । यसरी अवैध रुपमा आयातित समान बरामद भएसँगै आवश्यक कारवाहीको लागी मेची भन्सार बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।