इटहरीः झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीबाट नियन्त्रित लागूऔषध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ५० वर्षीया जेगुन खातुन रहेकी छन् । खातुनले घरबाट नै लागूऔषध गाँजा बिक्रीवितरण गर्ने गरेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले आइतबार राति १०ः१५ बजे खातुनलाई घरबाट नै पक्राउ गरेको हो ।
पक्राउ परेकी खातुनको घर कोठाबाट प्रहरीले २ केजी ५०० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । लागूऔषध गाँजासहित पक्राउ परेकी खातुनका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।