काठमाडौँः श्रीलंकामा इन्धन कारोबार गर्दा क्युआर कोडमार्फत गर्ने व्यवस्था लागू गरिएको छ । इन्धनको अभाव हुनु र इन्धन किन्न चाहने उपभोक्ता धेरै भएकाले भिड व्यवस्थापन गर्न गाह्रो भएपछि क्युआर कोड प्रणाली लागू गरिएको हो ।

sushma add.

क्युआर कोडमार्फत कारोबार गरेपछि इन्धनको समान तथा पारदर्शी वितरण हुने, लाइनमा भिड लगाउन नपर्नेलगायतका फाइदा हुने सरकारी अधिकारीहरूले जनाएका छन् । देशभरिका सबै पेट्रोल पम्पहरूमा यो व्यवस्था गरिएको र उपभोक्तालाई पनि यसबारेमा जानकारी गराइएको ऊर्जामन्त्री कञ्चना बिजेसेकेराले बताए ।

kasturi add.

उनले इन्धन लिनका लागि पेट्रोल पम्पहरूमा भिडभाड नगर्न पनि उपभोक्ताहरूलाई अनुरोध गरेका छन् । सरकारले उपभोक्ताको चापका आधारमा हरेक पेट्रोलपम्पलाई इन्धनको कोटा निर्धारण गरेर कोटाअनुसारको इन्धन उपलब्ध गराएको छ । रासस/एएनआई