बेइजिङः चीनले विभिन्न १६ अल्पविकसित देशमा उत्पन्न हुने करयोग्य वस्तुहरूमा कर लाग्ने ९८ प्रतिशत वस्तु र सेवामा शून्य कर लगाउने भएको छ । राज्य परिषद्को भन्सार शुल्क आयोगले सोमबार जारी गरेको विज्ञप्तिमामार्फत सो बारे जानकारी गराइएको छ ।

premier add.

सेप्टेम्बर १ मा लागू हुने सो नीतिले ती देशहरूसँग बजारका विभिन्न अवसरहरू आदान–प्रदान गर्न र साझा विकासको लागि जोड दिँदै मानव जातिको साझा भविष्य भएको समुदायको निर्माणलाई प्रवर्द्धन गर्न मद्दत पुग्ने पनि विज्ञप्तिमा भनिएको छ ।

kasturi add.

चीनसँग कूटनीतिक सम्बन्ध भएका सबै अल्पविकसित देशहरूमा यो व्यवस्था क्रमशः विस्तार हुने विज्ञप्तिमा उल्लेख गरिएको छ । -रासस/सिन्ह्वा