टोकियोः जापान र संयुक्त राज्य अमेरिका शुक्रबार ताइवान स्ट्रेटमा शान्ति कायम गर्न सँगै काम गर्न सहमत भएको छ ।

जापानको विशेष आर्थिक क्षेत्रमा खसेको पाँच मिसाइल सहित चीनद्वारा अभूतपूर्व सैन्य अभ्यासले निम्त्याएको बढ्दो तनावबीच यो सहकार्य आएको जापान टाइम्सले जनाएको छ ।

अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसी एसियाली यात्राको अन्तिम चरणमा बिहिबारदेखि जापानमा छिन् । यसअघि उनी ताइवानमा छोटो र अघोषित भ्रमण गरेकी थिइन् । स्वशासित टापु जसलाई बेइजिङले आफ्नो मान्छ ।  चीनको चेतावनीको बाबजुद २५ वर्षमा अमेरिकी अधिकारीको उच्च–स्तरीय भ्रमण भएको थियो ।

भ्रमणमा उनले ताइवानको लोकतन्त्रको प्रशंसा गरेकी थिइन् । प्रतिक्रिया स्वरूप चीनले टापुको वरिपरी लाइभ सैन्य अभ्यास थाल्दै बिहिबार मात्रै ६ वटा मिसाइल प्रहार र हवाई क्षेत्रमा प्रत्यक्ष फायरिङ गरेको छ ।

जापानको आर्थिक क्षेत्रमा खसेका पाँचवटा मिसाइललाई लिएर टोकियोले कूटनीतिक माध्यमबाट कडा विरोध गरेको थियो । वाशिंगटनको सबैभन्दा नजिकको सहयोगीमध्ये एक टोकियो इन्डो–प्यासिफिकमा चीनको बढ्दो शक्ति र बेइजिङले ताइवान विरुद्ध सैन्य कारबाही गर्न सक्ने सम्भावनाको बारेमा चिन्तित छ ।

पेलोसीले प्रधानमन्त्री फुमियो किशिदासँग उनको आधिकारिक निवासमा आज बिहान भेट गरेकी छन् । जहाँ किशिदाले दुई सहयोगीहरूले ताइवान स्ट्रेटमा शान्ति र स्थिरता कायम गर्न मिलेर काम गर्ने बताए ।

जापान जसको दक्षिणी टापुहरू टोकियो भन्दा ताइवानसँग नजिक पर्छन् । चिनियाँ धम्कीले राष्ट्रिय सुरक्षा खतरा पुर्याएको जापानको भनाइ छ ‌‌।

“मैले सभामुख पेलोसीलाई सूचित गरेको छु कि चीनको ब्यालिस्टिक मिसाइलहरू जापानी जलक्षेत्र, आर्थिक लगायतका क्षेत्रमा खसेको तथ्यले हाम्रो राष्ट्रिय सुरक्षा र सुरक्षालाई खतरामा पारेको छ र जापानले त्यस्ता कार्यहरूको कडा निन्दा गरेको छ,“ किशिदाले भने ।

यता कम्बोडियामा हुने आसियान बैठकको अगाडी हुने भनिएको दुई देशका विदेशमन्त्रीहरूबीचको बैठकलाई चीनले आफ्नो वक्तव्यप्रति असन्तुष्टि जनाउँदै स्थगित गरेको घोषणा गरेपछि बिहीबार जापान र चीनबीचको तनाव फेरि चुलिएको थियो । सात देशको समूहले बेइजिङलाई ताइवान तनाव शान्तिपूर्ण रूपमा समाधान गर्न आग्रह गरेको थियो ।

पेलोसी बिहीबार जापान जानुअघि दक्षिण कोरियाको भ्रमणमा थिइन् । जहाँ उनले उत्तर कोरियाको आणविक निःशस्त्रीकरणलाई समर्थन गर्ने वाचा गरेकी थिइन् । उनले आफ्ना जापानी समकक्षी हिरोयुकी होसोदा तल्लो सदनका सभामुखसँग शुक्रबार भेट गर्नेछिन् । -जापान टाइम्सबाट