इटहरीः नेकपा माओवादी केन्द्रको संघीय निर्वाचन क्षेत्र प्रदेश १ को निर्वाचन क्षेत्र नम्बर २ (क) को निर्वाचन परिचालन समितिको बैठक हिजो सम्पन्न भएको छ ।

निर्वाचन क्षेत्र २ (क) का प्रमुख मदन चुडालको अध्यक्षतामा बसेको बैठकले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन अभियान चलाउने निर्णय गरेको छ । भदौ १० गतेसम्ममा सबै वडामा पार्टीको वडा भेला सम्पन्न गरी संगठन विस्तार गर्ने निर्णय पनि बैठकले गरेको नेता चुडालले जानकारी दिए । जनसाधारणका व्यावहारिक समस्याहरुमा पार्टीका तर्फबाट सहजीकरण गर्दै जनजीविकालाई सरलीकृत गर्ने प्रयास पार्टीले गर्ने नेता चुडालको दाबी छ ।

297323627_1408000359720698_3588790624342919341_n

प्रदेशको समृद्धि र विकास तथा संघीयताको व्यवस्थापनका लागिसमेत यस पटकको निर्वाचनमा आफ्नो पार्टीले जनताले विजयी गराउनु आवश्यक रहेको नेता चुडालको जिकिर छ । निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषय अहिले नटुङ्गिएको बताउँदै उनले जनवादी छलफलपछि उपयुक्त पात्रलाई उम्मेदवार बनाइने जानकारी दिए ।

296812699_3968381046719463_5616593459441512916_n

पार्टीको संघीय नेतृत्वको निर्णयअनुसार प्रदेश १ मा पनि पाँच दलीय वर्तमान सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच चुनावी तालमेल हुने उनले स्पष्ट पारे । पार्टीका प्रदेश १ सहइन्चार्ज सावित्रीकुमार काफ्ले (समर) को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेशभरका करिब ७० जना अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

296981309_1736656640047912_1909822264097526132_n (1)