इनरूवाः इनरूवा नगरपालिकामा कमर्चारी हातपातको विषयले काम प्रभावित बनेको छ । केही समय अघि नगरपालिकाका वरिष्ठ इन्जिनियर इन्द्रनन्द शाहमाथि सेवाग्राही बनेर आएका राजीव मेहताले कुटपिट गरेका थिए । मेहता राजपा नेपालका स्थानीय नेतासमेत भएको बताइएको छ ।

नगरपालिकाका सामाजिक विकास अधिकृत कुमार निरौलाले कर्मचारीको सुरक्षाको ग्यारेन्टी नभएको हुँदा काम बन्द भएको बताए ।

सुनसरी प्रहरी प्रमुख राजन अधिकारीले मेहतालाई नियन्त्रणमा लिइएको बताए । कुटपिटबारे उजुरी आएकाले अनुसन्धान हुने अधिकारीले प्रदेश पोर्टललाई जानकारी दिए ।