दमकः दमकको गोरखा डिपार्टमेन्ट स्टोर नजिक केही बेर अघि भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक सहित २ व्यक्ति गम्भीर घाइते भएका छन् ।
भारतीय ट्रकले ठक्कर दिँंदा को ३३ प ७९४३ नम्बरको मोटरसाइकलमा सवार २ युवा घाइते भएको र उनीहरूलाई अहिले लाइफलाइन अस्पतालमा पुर्याइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
ठक्कर दिने भारतीय ट्रक र चालकलाई दमक प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।