इटहरीः रेनोका कारमा मनसुन टेस्ट ड्राइभको आनन्द दिनका लागि रेनोको नेपालको आधिकारिक बिक्रेता एडभान्स अटोमोबाइल्स प्रालिले साउन १५ गतेदेखि भदौ ४ गतेसम्म रेनो मनसुन टेस्ट ड्र्राइभ फेस्टको आयोजना गरेको छ । 

इटहरीमा पनि रेनोको आधिकारिक बिक्रेता इस्टर्न मोटर्स प्रालिले यस क्षेत्रका ग्राहकको लागि टेस्ट ड्राइभको मज्जा लिन फेस्टको आयोजना गरिएको बताएको छ । नेपालमा रेनोको आधिकारिक वितरक एडभान्स अटोमोबाइल्स प्रा. लिमिटेडले देशका सबै डिलर र शो रुमहरूमा रेनो गाडी प्रेमीहरूका लागि ’रेनोमनसुन टेस्ट ड्र्राइभ’ आयोजना गरेको बताएको छ  ।

‘रेनो टेस्ट ड्र्राइभ’ मा, रेनो गाडी प्रेमीहरुले रेनोका गाडीहरु टेस्ट ड्राइभ गर्ने मौका पाउनेछन् । भाद्र ४ सम्म चल्ने यो कार्यक्रम इच्छुक ग्राहकहरूका लागि रेनो ब्रान्डको बारेमा थप जानकारी दिनका लागि सञ्चालन गरिएको इटहरीको आधिकारिक बिक्रेता इस्टर्न मोटर्सका प्रमुख पारसमणि गेलालले बताए । 

298273951_435148181999385_8533451119757752191_n

‘रेनो टेस्ट ड्राइभ’ मा ग्राहकहरूले बिहान १०ः०० बजेदेखि बेलुका ६ बजेसम्म रेनोका सबै गाडीहरूको परीक्षण गर्न सक्ने र  ग्राहकहरूले रेनो डस्टर, केडब्ल्य”एलडी, क्याप्टर तथ किजर गाडीको २५.१७ फउ िको क्लास फिउल एफिसेंसी, १८०  एमएमको हाई ग्राउन्ड क्लियरेन्स, ७’ टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टमलगायत रिमोट सेन्ट्रल लकिङ सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्र्रोल, क्रुज कन्ट्र«ोलजस्ता विशेषताहरूको विस्तृत जानकारी प्राप्त गर्ने सक्ने बताइको छ  ।

‘रेनो टेस्ट ड्राइभ’ मा हरेक ग्राहकले विश्वस्तरीय रेनो ब्राण्डको नयाँपनको समेत जानकारी लिन सक्ने इसटर्न मोटर्सले बताएको छ  । रेनोले आफ्ना ग्राहकहरूलाई आगामी दिनहरूमा पनि नेपालका प्राइम लोकेसनहरूमा यस्तै खाले गतिविधिहरू आयोजना गर्ने जनाएको छ । टेस्ट ड्र्राइभमा आउने ग्राहकहरूले प्रत्येक टेस्ट ड्राइभको साथमा उपहार स्वरुप एउटा छाता पनि बताइएको छ ।