वासिङटनः अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो घर खानतलासी गर्न जारी गरिएको पुर्जी सार्वजनिक गरे हुने बताएका छन् ।

उनले यसै साताको सुरुमा फ्लोरिडास्थित आफ्नो निवास मार–ए–लागोमा खानतलासी गर्न संघीय जाँचबुझ ब्यूरो (एफबीआई)का एजेन्टहरूलाई दिइएको पुर्जी सार्वजनिक गरिए पनि आफूले कुनै विरोध नगर्ने बताएका हुन् । 

एक विज्ञप्तिमार्फत ट्रम्पले भनेका छन्, “म त त्यो पुर्जी तत्काल सर्वजनिक गरियोस् भन्न चाहन्छु । तर, अझै पनि दोहो¥याएर दाबी गर्छु कि त्यो खानतलासी अनावश्यक र राजनीतिक पूर्वाग्रहबाट प्रेरित थियो ।” 

अमेरिकी न्यायमन्त्रालयले फ्लोरिडाको अदालतलाई सो पुर्जी सार्वजनिक गर्न अनुरोध गरेको हो । यसलाई अस्वाभाविक र दुर्लभ अनुरोध मानिएको छ । 

यदि अदालतले अनुरोध स्वीकारेको खण्डमा ती दस्तावेज सर्वसाधारणको पहुँचमा जानेछन् । यसो भएमा सोमबारको घर खानतलासीको वास्तविक कारण सार्वजनिक हुनेछ । न्यायमन्त्रालयले अहिलेसम्म खानतलासीको कारण सार्वजनिक गरेको छैन । 

ट्रम्पले ह्वाइट हाउसबाट संवेदनशील र महत्वपूर्ण गोप्य दस्तावेजहरू लगेको हुनुपर्ने आशंकामा सुरु भएको अनुसन्धानको क्रममा त्यसरी उनको घरको खानतलासी लिइएको हुनुपर्ने विश्वास गरिएको छ ।-बीबीसीबाट