रोमः भ्याटिकन नजिकै एउटा भासिएको सुरुङबाट एकजना इटालियन पुरुषलाई उद्धार गरिएको छ । 

प्रहरीले ती व्यक्तिले एउटा बैंकभित्र जाने प्रयास गरेको हुनुपर्ने बताएको छ । एउटा पक्की सडकमुनिको सुरुङमा पुरिएको अवस्थामा उद्धार गरिएको उनको अहिले अस्पतालमा उपचार भइरहेको छ । 

अग्निनियन्त्रकहरूले आठ घन्टा सम्म भग्नावशेष खनेर उनलाई बाहिर निकाल्न सफल भएका हुन् । सुरुङबाट बचेर निस्केका ती व्यक्तिसामु अब समस्याको सुरुङबाट आफूलाई बाहिर निकाल्ने अर्को चुनौती रहेको प्रहरीले जनाएको छ । 

प्रहरीले घटनास्थलमा सरकारी अधिकारीसँग जबर्जस्ती गरेको अभियोगमा अर्को एकजना व्यक्तिलाई पनि पक्राउ गरेको छ । 

प्रहरीले यी व्यक्ति बैंक लुट्न खोज्ने कुनै अपराधिक समूहको सदस्य हुनसक्ने विश्वास गरेका छन् । 

प्रहरीले भनेको छ, “हामीले अझै अनुसन्धान गरिरहेका छौँ । उनीहरू चोर होइनन् होला भन्न सकिन्न । उनीहरूलाई सार्वजनिक सम्पत्तिमा क्षति पु¥याएको पनि अभियोग लगाएका छौँ ।”

स्थानीय सञ्चार माध्यमले १५ अगस्टको सप्ताहान्तमा सहरमा सुनसान हुने अवस्थामा एउटा बैंक नजिक सुरुङ भेटिनुले पनि नियत सजिलै बुझ्ने सकिने जनाएका छन् । -बीबीसीबाट