बर्लिनः युरोपको जनजीवन लामो गर्मी मौसममा गुज्रिरहेका बेला महादेशकै प्रमुख नदीमध्ये एउटा नदी भने सुक्दै गइरहेको छ । 

जर्मनीको राइन नदीमा भरपर्ने व्यक्ति र व्यवसायीहरूलाई यसले समस्या सिर्जना गरेको छ । स्थानीय बासिन्दा क्याप्टेन एन्द्रे किम्पेल केही दिन यता लगातार नदी सुक्दै गइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । 

काउव सहरका राइन नदीमा डुङ्गा चलाउने व्यवसायीहरूको कारोबार ठप्प हुन पुगेको छ । तर, क्याप्टेन किम्पेलले भने अझै पनि कारबाट भएपनि यात्रुहरूलाई नदी पार गराइरहेका छन् । 

उनी भन्छन्, “यो कुनै ख्याल ठट्टा होइन । नदीमा १.५ मिटर मात्र पानी छ । हाम्रा डुङ्गाहरू १.२ मिटर गहिराइसम्म पुग्छन् । त्यसैले हाम्रो मुनि ३० सेन्टिमिटर पानी मात्रै बाँकी रहेको छ । यस्तो अवस्था पटकपटक आइसक्यो । कुनै समय यो नदीमा बाढी नै आउँथ्यो ।”

सन् २०१८ मा त अझ समस्या यो भन्दा खराब भएको थियो । त्यसबेला डुङ्गामुनिको पानी २५ सेन्टिमिटर मात्र बाँकी रहेको थियो ।  

राइन नदी युरोपकै सबैभन्दा व्यस्त नदीहरूमध्ये एक मानिन्छ । नदीका किनारमा रहेका कारखानाहरूमा उत्पादित वस्तुहरू वारपार गर्नेहरूको यहाँ घुइँचो लाग्छ । -बीबीसीबाट