इटहरीः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले मंगलबार काठमाडौँस्थित राष्ट्रिय आविष्कार केन्द्रको भ्रमण गरेका छन् ।
उपमेयर अइन्द्रविक्रम बेघासहित आविश्कार केन्द्रमा पुगेका मेयर साम्पाङ्गले त्यहाँ डा.महावीर पुनसँग भेट गरेका थिए ।
भेटपछि सामाजिक सञ्जालमा तस्बीर सार्वजनिक गर्दै मेयर साम्पाङ्गले महावीर पुन सँगको भेट उपलव्धिमूलक रहेको प्रतिक्रिया दिएका छन् ।
धरानबाट गठबन्धन दलको संयन्त्रसहित खानेपानीको मुल मुद्दा बोकेर काठमाडौँ पुगेका मेयर साम्पाङ्गको टोलीले भौतिक पूर्वाधार तथा यायायात मन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्री प्रदीप यादव र सँस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठसँग भेट गरिसकेको छ भने अन्य मन्त्री तथा नेताहरुलाई समेत भेट्ने क्रम जारी रहेको बताइएको छ ।