बेलवारीः मोरङको बेलवारी – १० भाउन्ने बजारमा अस्थायी प्रहरी विटको स्थापना गरिएकाे छ । इलाका प्रहरी कार्यालय बेलवारीका  प्रमुख प्रहरी निरिक्षक राम कुमार राईले व्यानर उघारेर विटको उद्घाटन गरेका हुन् ।

सृजना सामुदायीक वन बेलवारी –१० बाट ७५ हजार, बुद्ध एयर प्रा.ली. काठमाण्डौंबाट २५ हजार, लक्ष्मी सामुदायीक वन बेलवारी ११ बाट १५ हजार र सिंहदेवी सामुदायीक वन बाट ६ हजार ३ सयको सहयोगमा उक्त प्रहरी विट निमार्ण भएको हो ।

साे विट भाउन्ने प्रहरी चौकीको मातहतमा रहने भाउन्ने प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरिक्षक नारायण प्रधानले बताए ।

प्रहरी विटको स्थापनाले बजारको शान्ती सुरक्षामा मद्दत पुग्ने प्रहरी विट निमार्ण समितिका संयोजक मदन भण्डारीले बताए ।