सिंगापुरः सिंगापुरले समलिंगी यौन सम्बन्धमाथिको प्रतिबन्ध फुकुवा गर्ने भएको छ । यसको अर्थ अब सिंगापुरमा समलिंगी सम्बन्धले कानुनी मान्यता पाउनेछ ।

समलिंगी यौन सम्बन्धको बारेमा वर्षौँदेखि चल्दै आएको चर्को बहसपछि प्रधानमन्त्री लि सिएन लूंगले सरकारको यो पछिल्लो निर्णयबारे घोषणा गरेका हुन् । 

सिंगापुर पुरातन सामाजिक मूल्य मान्यताका लागि चिरपरिचित छ । तर, अधिकांश जनताले औपनिवेशकालको धारा ३७७ ए कानुनको अन्त्य गर्नुपर्ने दबाब दिँदै आएका थिए । 

भारत, ताइवान र थाइल्यान्डपछि पुरष तथा महिला समलिंगी, तेश्रो लिंगी, एवं बहुलिंगी (एलजीबीटी)को अधिकारबारे सम्बोधन गर्ने सिंगापुर एसियाको पछिल्लो मुलुक भएको छ । 

यसअघि सिंगापुर सरकारले ३७७ ए कानुनलाई अस्तित्वमै राख्ने तर त्यसलाई कार्यान्वयन नगर्ने प्रतिबद्धता जाहेर गरी दुवै पक्षलाई ठिक्क पार्न खोजेको थियो । 

सिंगापुरले सन् १९६५ मा बेलायतबाट स्वाधीनता हासिल गरेको थियो । -बीबीसीबाट