इटहरीः नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको इटहरी नगर कमिटीले आफ्ना विभिन्न जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्यका लागि तीन दिने प्रशिक्षणको आयोजना गरेको छ । 

पार्टीका इटहरी नगर कमिटी इन्चार्ज केवलप्रसाद फुयाँलका अनुसार पार्टीका विभिन्न जनवर्गीय संगठनका पदाधिकारीलाई उपस्थित गराई पार्टीको सिद्धान्त र आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा केन्द्रित रहेर प्रशिक्षण कार्यक्रम गरिएको हो । 

301109606_610032174134317_4124348374894569386_n

जनवर्गीय संगठनका पदाधिकारी तथा अन्य सदस्यलाई माक्र्सवाद, दक्षिणपन्थी अवसरवादका साथै समाजवादका विभिन्न आयामहरुको बारेमा प्रशिक्षण दिइएको थियो । कस्तो कार्यकर्ताको कस्तो जीवनशैलीमा रहने भन्ने सम्बन्धमा समेत प्रशिक्षण दिइएको नगर कमिटी इन्चार्ज फुयाँलले बताए । 

प्रशिक्षण कार्यक्रमले कार्यकर्ता तथा पार्टीका सदस्यहरुमा वास्तविक कम्युनिजमको बारेमा जानकारी भएको र एकदमै फलदायी रहेको फुयाँलको भनाइ छ । आसन्न प्रदेशसभा र संघीय निर्वाचनलाई लक्षित गरेर पार्टीले अब एक महिना निरन्तर दैनिक ३ घण्टाको दरले प्रशिक्षण कार्यक्रम गर्नेसमेत इटहरी नगर कमिटीले जनाएको छ ।