धरानः धरान उपमहानगरपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण तथा नाप नक्साको कार्य सुरु भएको छ ।

मङ्गलबार धरान १३ को राई टोलबाट निस्सा वितरण गर्न सुरु गरिएको हो । धरान १३ को कार्यालयमा एक कार्यक्रम गरी भुमिहीन दलित र भुमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरिएको हो । राष्ट्रि«य भुमि आयोगका धरान उपमहानगरका सम्पर्क व्यक्ति वेदप्रसाद सापकोटाले पहिलो चरणमा ४० जना भुमिहीन दलित र भुमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको बताए । उपमहानगरका मेयर हर्कराज साम्पाङले ब्यानर पढेर भुमिहीनहरुलाई निस्सा वितरण गर्ने कार्यको सुरुवात गरे । कार्यक्रमम धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले २०५१ सालदेखि अव्यवस्थित बसोबासीलाई धनीपुर्जा दिन्छाँै भन्दै आएपनि २०७४ को स्थानीय निर्वाचनपछि घर नम्बर दिन सफल भएको बताए । 

300053287_467652295237140_5834252579511904924_n

उनले निस्सा वितरण र नाप नक्साको कार्य धनीपुर्जा वितरणको दोस्रो चरण भएको बताए । उनले भने, ‘धरान अब सुकुम्बासीविहीन हुनुपर्छ ।’ धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले लगत सङ्कलन, निस्सा वितरण गर्दै धनीपुर्जाको अन्तिम चरण प्रवेश गरेको बताए । उनले भने, ‘सरकारले कानुन बनाई धनीपुर्जा दिने कार्य अघि बढाएकाले पहिलेजस्तो हुँदैन ।’ धरान उपमहानगर प्रमुख साम्पाङले धनीपुर्जा वितरण गरेपछि बिक्री गरेर अन्यन्त्र जान नहुने बताए । उनले भने, ‘सबै नागरिकलाई टहरा बनाउने अधिकार छ ।’ उनले सुकुम्बासीका नाममा जानीबुझी खोला किनारमा बस्न जाने र संरक्षणका लागि जाली माग्न आउने बताए ।

300781934_1025975724751928_5538668860006053625_n

सम्पर्क व्यक्ति सापकोटाले निस्सा वितरण गरेपनि दाबी विरोधका लागि भुमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई ७ को दिने सूचना प्रकाशित गर्ने बताए । उनका अनुसार अब सबै वडामा निस्सा वितरण गरिनेछ  उनले असोजभित्र राई टोलका ४० जनालाई धनीपुर्जा उपलब्ध गराउने बताए । धरान उपमहानगरको तथ्याङ्कअनुसार भूमिहीन दलित १ हजार २ सय ५, भूमिहीन सुकुम्बासी ३ हजार ७ सय २५ छन् भने अव्यवस्थित बसोबासीहरू ८ हजार २५ रहेका छन् । नाप नक्साका लागि फितालगायतका आवश्यक सामाग्री पनि प्राविधिकलाई हस्तान्तरण गरिएको छ ।