इटहरीः संघीय सहकारी विभागले सहकारीको साधारणसभा मितव्ययी बनाउन देशभरिका सहकारीलाई निर्देशन जारी गरेको छ । 

विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले बिहीबार मार्गदर्शन जारी गर्दै साधारणसभा भड्किलो र खर्चिलो नहुनेगरी मितव्ययी ढंगबाट सञ्चालन गर्न अनुरोध गरेको छ ।

त्यस्तै, आर्थिक वर्ष व्यतित भएको तीन महिना भित्र लेखापरीक्षण सम्पन्न गर्नसमेत भनिएको छ । त्यस्तै, साधारणसभाको सूचना प्रकाशन गर्दा तीस दिनअगावै प्रस्ताव सहितको सार्वजनिक सूचना जारी गर्न सहकारी सँस्थाहरुलाई निर्देशन जारी गरिएको छ । 

सहकारी सँस्थाहरुले साधारणसभाको आयोजना गर्दा सबै सदस्यहरुलाई जानकारीमुलक तथा सँस्थाको गतिविधि अवगत हुनेगरी आयोजना गर्न विभागले नयाँ निर्देशन जारी गरेको हो ।

1 1

2 2