युक्रेनः युक्रेनको एउटा रेलवे स्टेसनमा रुसी फौजले एउटा रकेट प्रहार गर्दा २५ जनाको मृत्यु भएको छ । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको छ महिना पुगेकै दिन यो आक्रमण भएको हो । 

युक्रेनको पूर्वी सहर चाप्लिनेमा भएको यस हमलामा ज्यान गुमाउनेमध्ये पाँचजना एउटा सवारी साधनमा जलेका थिए । मृत्यु हुनेमा ६ र ११ वर्षका दुई बालकसमेत रहेको बताइएको छ । 

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठकमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले यस हमलाबारे जानकारी दिएका थिए । रुसी आक्रमणमा अरु ३१ जना घाइते भएका छन् । 

रुसले भने एउटा सैनिक ट्रेनमा गरिएको आक्रमणमा सयौँ युक्रेनी फौज मारिएको बताएको छ । रुसी रक्षा मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, “निप्रोपेत्रोभ्स्क क्षेत्रको चापलिने रेलवे स्टेसनमा एउटा इस्कन्दर क्षेप्यास्त्र प्रहार गरिँदा दोन्बासको युद्ध क्षेत्रतर्फ जाँदै गरेका युक्रेनको सशस्त्र फौजका दुई सयजना भन्दा बढी सैनिक तथा सैन्य उपकरणहरू ध्वस्त भएका छन् ।”

मस्कोले आक्रमणलाई सार्वजनिक पूर्वाधारमाथि लक्षित नगरिएको दोहो¥याउँदै आएको छ । -बीबीसीबाट