इटहरीः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले भदौ १५ भित्र सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लाग्ने बताएका छन् ।
जनगायक जेबी टुहुरेको स्मृतिमा धरानमा आयोजित सांगीतिक साँझलाई सम्बोधन गर्न त्यसतर्फ जाने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले बाहिर हल्ला भएकोजस्तो असहमतिको वा सकसपूर्ण अवस्था नरहेको जिकिर गर्दै दाहालले भदौ १५ भित्र सबै काम सकिने बताएका हुन् ।
उनले भने, ‘बाहिर चर्चा भएजस्तो एकदमै धेरै समस्या त्यस्तो केही छैन’, उनले भने, ‘हामी निरन्तर छलफलमा छौं। कार्यदलले काम गरिरहेको छ ।’