बिर्तामोडः नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झापाबाट उम्मेदवार सिफारिस गरेको छ ।
हिजो बसेको जिल्ला कमिटीको बैठकले आगामी मंसिर ४ गतेका लागि घोषित निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको हो ।
पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं . १ बाट केन्द्रीय सदस्य अशेष घिमिरे, २ बाट पोलिटब्युरो सदस्य भाष्कर काफ्ले र केन्द्रीय सदस्य निलमणि बराल, ३ बाट केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज पुष्प पोखरेल र जिल्ला अध्यक्ष वेदराज रेग्मी, ४ बाट केन्द्रीय सल्लाहकार सदस्य नारायणसिंह राजवंशी र प्रदेश कमिटी सदस्य अम्बिका महत उप्रेती तथा क्षेत्र नं ५ बाट केन्द्रीय सदस्य इन्द्र बुढाथोकीलाई सिफारिस गरेको हो ।
त्यस्तै प्रदेशसभा निर्वाचनका लागि पनि उम्मेदवार सिफारिस गरिएको छ । क्षेत्र नं १ को प्रदेश (क) बाट बीपी भट्टराई र सुभद्रा भट्टराई, प्रदेश (ख) बाट दुर्गा भट्टराई र पर्शुराम शंकर, क्षेत्र नं २ को प्रदेश (क) बाट श्री सिटौला, चन्द्रकला घिमिरे र तीर्थ सिग्देल, (ख) बाट प्रत्यूष राना, होम दुलाल र दुर्गा आचार्य सिफारिस भएका छन् ।