इटहरीः नेकपा एकीकृत समाजवादीको भातृ संगठन युवा संघ नेपालले सुरु गरेको मेची काली जागरण अभियानअन्तर्गत युवाहरुको टोली बुधबार इटहरी आइपुग्ने भएको छ । 

युवा संघ केन्द्रीय कमिटीको निर्णयअनुसार भदौ १५ गतेबाट सुरु भएको मेची काली युवा जागरण अभियानलाई युवा संघ सुनसरीले भदौ २२ गते बुधबार ४ः०० बजे इटहरीमा स्वागत गर्ने कार्यक्रम तय भएको नेकपा एकीकृत समाजवादीका सुनसरी उपसचिव तथा युवा फाँट इन्चार्ज राजेश भण्डारीले जानकारी दिए ।

305504273_496638262299011_7436845184888290334_n

भण्डारीका अनुसार मेची काली जागरणमा रहेका युवा संघका पदाधिकारीको स्वागत गर्दै सुनसरी युवा भेला तथा इटहरीमा कोणसभासमेत आयोजना हुने भएको छ । कोणसभामा नेकपा एकीकृत समाजवादीका सबै जनवर्गीय संगठनका युवाहरु, जनवर्गीय संगठनका इन्चार्ज, तथा पार्टीका प्रदेश तथा जिल्लाका पदाधिकारीहरुको सहभागिता रहनेछ । युवा संघ नेपालले चुनावी प्रचारको रणनीतिअनुरुप मेची काली जागरण अभियान सञ्चालन गरेको बताएको छ ।