मस्कोः सामरिक दृष्टिकोणले महत्वपूर्ण तथा रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर खेर्सोनलाई रुसको भूभागमा गाभ्ने विषयमा हुने भनिएको तथाकथित जनमतसंग्रह स्थगित गरिएको छ । 

रुसी अधीनमा रहेका अधिकारीहरूले सुरक्षाको कारण देखाउँदै तथाकथित जनमतसंग्रह स्थगित गरेका हुन् । 

रुसद्वारा नियुक्त गरिएका खेर्सोनको प्रशासन प्रमुख किरिल स्ट्रेमोउसोभले सुरक्षा परिस्थितिको कारण जनमतसंग्रह रोकिएको पुष्टि गरेका छन् । 

रुसले जनमतसंग्रह गराउने योजना बनाइएका दक्षिणी क्षेत्रका खेर्सोन र जापोरिझ्यामा अहिले युक्रेनी सेनाले प्रत्याक्रमण सुरु गरेको छ । 

रुसी सरकारी टेलिभिजनमा बोल्दै स्ट्रेमोउसोभले भने, “खेर्सोनको एउटा प्रमुख पुल युक्रेनी आक्रमणमा परेको छ । गोलाबारुद प्रहार भएपछि एन्तोनोभोस्की पुल गम्भीर रूपमा क्षतिग्रस्त हुन पुगेको छ । यस पुलबाट अब सवारी साधनहरू जाने सक्ने स्थिति छैन । सहरका अन्य पूर्वाधार लगायत निप्रो नदीमा सर्वसाधारणका लागि सामान ढुवानी गर्दै गरेका मालवाहक जहाजहरूमा पनि युक्रेनले हमला गरिरहेको छ ।”

यस पुलमार्फत रुसले फौज र हार्डवेयरलाई खेर्सोनमा लाने र त्यहाँबाट बाहिर पठाउने गर्दै आएको थियो । -बीबीसीबाट