धरानः धरान उपमहानगरपालिका भित्रका जग्गाको भाउ कट्ठाकै डेढ करोड हाराहारी मूल्याङ्कन हुन थालेको छ । 

चालु आर्थिक वर्षका लागि भूमि सुधार तथा मालपोत कार्यालयमा देखाइएको तथा नगर कार्यपालिकाले पारित गरेको नयाँ मूल्याङ्कनअनुसार एक कट्ठाको मूल्य १ करोड ४५ लाख सम्म रहेको छ । 

धरानको नयाँ नापीका वडा नम्बर ५ र ६ का (क) वर्गका जग्गाहरुको मूल्याङ्कन १ करोड ४५ लाख कायम भएको हो । यस्तै, सोही वडाका (ख) वर्गका जग्गाको मूल्याङ्कन कट्ठाको ९५ लाख छ भने उक्त वडाका अन्य जग्गाहरुको मूल्याङ्कन ४३ लाख कट्ठा कायम गरिएको छ । 

यता, नयाँ मूल्याङ्कनका वडा नम्बर १, २ , ४,७,९ र १२ का (क) वर्गका जग्गाको मूल्याङ्कन ६० लाख ५० हजार, सोही वडाहरुको (ख) वर्गका जग्गाहरुको मूल्याङ्कन कट्ठाको ४३ लाख र बाँकी वर्गका जग्गाहरुको मूल्याङ्कन २६ लाख कट्ठा रहेको छ । 

धरान उपमहानगरको वडा नम्बर ३ को (क) वर्गका जग्गाहरु क्ट्ठाको ४३ लाख र (ख) वर्गका जग्गाहरु कट्ठाको ३३ लाख छन् भने उक्त वडाका बाँकी जग्गाको मूल्याङ्कन कट्ठाको २० लाख कायम गरिएको छ । 

IMG-20220905-WA0036

धरान उपमहानगरको वडा नम्बर १ का जग्गाको मूल्याङ्कन मुल सडकसँग जोडिएको जग्गाहरुको कट्ठाको ४३ लाख, (क) मा परेका बाहेकका पिच सडकसँग जोडिएका जग्गाको मूल्याङ्कन ३३ लाख र (क) र (ख) मा पर्ने बाहेकका सोही वडाका दायाँबायाँ तथा शाखा सडकसँग जोडिएका जग्गाको मूल्य ३० लाख कायम गरिएको छ । 

यता (क), (ख) र (ग) मा पर्ने बाहेकका तथा भित्री सडकसँग जोडिएको जग्गाको मूल्याङ्कन कट्ठाको १९ लाख कायम छ भने वडा नम्बर १ का अन्य जग्गाको मूल्य १२ लाख कायम छ । 

धरान उपमहानगरपालिका वडा नम्बर ४ को मुल सडकसँग जोडिएका जग्गाको मूल्य कट्ठाको ४७ लाख, सोही वडाको पिच सडकसँग जोडिएका जग्गाको मूल्य ३७ लाख कठ्ठा र सोही वडाको दायाँबाया सडक तथा लुप सडकसँग जोडिएका जग्गाको मूल्य कठ्ठाको ३४ लाख कायम छ भने वडा नम्बर ४ का अन्य जग्गाको मूल्य १९ लाख कठ्ठा कायम छ । 

यता, वडा नम्बर ७ (क) का जग्गाको मूल्याङ्कन ६० लाख ५० हजार, वडा नम्बर ७ (क) मा पर्ने बाहेकका जग्गाको मूल्याङ्कन कठ्ठाको ४८ लाख , (क) र (ख) बाहेक अन्य वर्गमा परेका सोही वडाको भित्री सडकसँग जोडिएका जग्गाको मूल्याङ्कन कठ्ठाको ३५ लाख कायम छ । वडा नम्बर ७ (क) मा १२ लाख कठ्ठासम्म मूल्याङ्कन गरिएको छ । 

वडा नम्बर ७ (ख) मा पनि ७ (क) मा जस्तै ६० लाख ५० हजारदेखि कम्तिमा १७ लाख कठ्ठा सम्मको मूल्याङ्कन छ भने वडा नम्बर ८ मा कठ्ठाको ६२ लाखदेखि कठ्ठाको १८ लाख सम्म जग्गाको मूल्याङ्कन छ । यता वडा नम्बर ९ मा ५३ लाख कठ्ठादेखि १२ लाख रुपैयाँ कठ्ठा सम्म मुल्य कायम गरिएको छ । वडा नम्बर १० मा कठ्ठाको ४१ लख देखि ९ लाख सम्मको मूल्याङ्कन छ भने वडा नम्बर ११ मा कठ्ठाको ३० लाखदेखि ६ लाख सम्मको मूल्याङ्कन कायम छ । 

यता, पहिलाको बाँझगरा वडा नम्बर १ का जग्गाको मूल्याङ्कन कठ्ठाको ५६ लाख छ भने पिच सडकसँग जोडिएको जग्गाको मूल्याङ्कन ४७ लाख र बाँकी केही भित्री जग्गाको मूल्याङ्कन १२ लाखसम्म छ । 

बाँझगरा वडा नम्बर २ को कठ्ठामा ५१ लाखदेखि ११ लाखसम्म, वडा नम्बर ३ को ३४ लाखदेखि ५ लाख ५० हजारसम्म र बाँझगरा १ र ४ को बाटोले नछुने जग्गाको मूल्याङ्कन १ लाख रुपैयाँ प्रतिकठ्ठासम्म छ ।