राबटः मोरोक्कोको एउटा संसदीय समूहले महिलाहरूलाई रजस्वला भएको दिनमा तलबी बिदा दिनुपर्ने प्रस्तावसहितको विधेयक पेस गरेको छ ।

यो विधेयक पास भएमा महिलाहरूलाई यस्तो सुविधा दिने मोरोक्को जाम्बिया पछिको दोश्रो अफ्रिकी मुलुक बन्नेछ । 

कामकाजी महिलाहरूको अवस्थामा सुधार ल्याउने उद्देश्यले ’सामाजिक न्याय’ नामक समूहले यो प्रस्ताव अघि सारेको हो । यसबाट महिला कर्मचारीहरूले कामबाट टाढै बस्दा सधैँ चिकित्सकीय प्रमाणहरू पेस गर्नु नपर्ने बताइएको छ ।

सामाजिक न्याय समूहका संयोजक मुस्ताफा दाहमानीले यो विधेयकमाथि छलफल हुन र यसै महिनाको उत्तरार्धमा मोरोक्को सरकारबाट अनुमोदित हुनै बाँकी रहेको बताएका छन् । 

यदि यो विधेयक कानुन बनेको खण्डमा यसलाई चरणबद्ध रूपमा कार्यान्वयन गरिने भएको छ ।

सबैभन्दा पहिले यसलाई सरकारी कर्मचारीहरूका लागि लागु गरिने छ । त्यसपछि यसको प्रभावकारिता र व्यवहारिकतामाथि मुल्याङ्कन गरिनेछ । केही महिलाले यस प्रस्तावित विधेयकको समर्थन गरेका छन् भने अन्य केहीले सरकारले सम्बोधन गर्नुपर्ने महिलाहरूका समस्यासम्बन्धी अन्य थुप्रै विषयहरू रहेको बताएका छन् । -बीबीसीबाट