इटहरीः गरिमा विकास बैंकका ग्राहकलाई इटहरीको होटल पाथीभरा, मझेरी र इन टुरिस्ट प्यालेसमा विशेष छुट हुने भएको छ ।
बैंकले आफ्ना डेबिट कार्ड तथा मोबाइल बैंक सेवा गरिमा डेबी बटुवा उपयोग गरिरहेका ग्राहकलाई लक्षित गरेर उक्त छुट सुविधा ल्याएको गरिमा विकास बैंक इटहरी शाखाकी अपरेसन इन्चार्ज अनिसा बस्नेत बताउँछिन् । बस्नेतका अनुसार इटहरीको होटल इन टुरिस्ट प्यालेसमा गरिमा बैंकका सबै खातावालाहरुको लागि वस्तु तथा सेवा प्रवाहको बिल भुक्तानी गर्दा एकमुष्ट खानामा ७ प्रतिशत छुट हुने भएको छ भने कोठा भाडामा १५ प्रतिशत छुट हुने भएको छ ।
यस्तैगरी, इटहरीकै होटल मझेरी सुनसरीमा बैंकका सबै खातावालाहरुको वस्तु तथा सेवा प्रवाहको बिलमा एकमुष्ट भुक्तानी गर्दा खानामा ५ प्रतिशत छुट हुने तथा केकमा १० प्रतिशत छुट हुने भएको छ ।
यता पाथीभरा होटलसँग पनि गरिमा विकास बैंकले सम्झौता गरेको छ । पाथीभरा होटलसँग भएको सम्झौताअनुसार बैंकका सबै खातावालाहरुको वस्तु तथा सेवा प्रवाहको बिल भुक्तानी गर्दा एकमुष्ट खानामा १० प्रतिशत र कोठामा १० प्रतिशत छुटको व्यवस्था छ ।
बैंकहले हालै फरकफरक होटलमा गएर होटलसँग सो सम्झौता गरेको हो । गरिमा विकास बैंकले देशभर १२० वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन काउन्टर मार्फत् ६ लाख हाराहारी ग्राहकलाई सेवा पुर्याइरहेको छ । बैंकले निम्न वर्गका व्यवसायदेखि लघु उद्यम कर्जा र सब ैप्रकारका व्यवसायी तथा उद्यमीलाई कर्जा प्रवाह गर्दै आएको र बचतमा समेत उच्चतम व्याज प्रदान गर्दै आइरहेको बताएको छ । सबै वर्गका ग्राहकलाई बचत र कर्जाको जानकारीका लागि समयसमयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने गरेको इटहरी शाखाकी अपरेसन इन्चार्ज बस्नेत बताउँछिन् ।