झापाः झापामा राहदानीबाट एक वर्षमा आठ करोड ६५ लाख राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट रु आठ करोड ६५ लाख १५ हजार राजस्व सङ्कलन गरेको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए ।
सो अवधिमा ११ हजार ७४६ राहदानी बनाएको न्यौपानेले बताए । । आव २०७७÷७८ मा ६ हजार १८८ राहदानी बनाएइको थियो । जसबाट राजस्व रु तीन करोड ३५ लाख ३६ हजार, आव २०७६÷७७ मा रु तीन करोड ८९ लाख ८५ हजार राजस्व सङ्कलन भएको थियो ।
कोभिड–१९ सुरु भएपछि रोकिएको विदेश भ्रमण पनि अहिले सहजरुपमा सञ्चालन भएकाले राहदानी बनाउन आउनेको सङ्ख्या बढेको हो । उनका अनुसार राहदानी बनाउन आउनेमा धेरै युवा छन् । त्यसमा पनि वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि विदेश जानेबाट राहदानीका लागि धेरै आवेदन आउने गरेका छन् । -रासस