बग्दादः पश्चिम र पूर्वी इराकमा शनिबार भएका हवाई आक्रमणमा परी इस्लामिक स्टेट्स (आईएस)का ११ लडाकु मारिएका इराकी सेनाले जनाएको छ ।

इराकको पश्चिमी प्रान्त अन्बारको अल–जलैयत क्षेत्रमा भएका हवाई आक्रमणमा परी एक स्थानीय नेतासहित सात ‘आतंककारी’को मृत्यु भएको र आतंककारी लुकेको एक स्थान ध्वस्त भएको सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

इराकको पूर्वी प्रान्त दियालामा आईएस लुकेको स्थानलाई लक्षित गरी भएका दुईवटा हवाई आक्रमणमा परी आतंककारी मारिएका बताइएको छ  ।  

आईएस लुकेको ठाउँमा खोजी गर्ने क्रममा सशस्त्र बलहरूसँगको भिडन्तमा अर्को एक आईएस लडाकु मारिएका छन् । सेनाले तीनवटा मोटरसाइकल, विस्फोटक पदार्थ नस्ट गरेको जनाएको छ । -रासस\सिन्ह्वा