बेइजिङः चीनकै सबैभन्दा चर्चित र प्रतिष्ठित अभिनेतामध्ये एक मानिने ली यिफेङलाई पटकपटक देहव्यापारी महिलाहरूको माग गरेको आशंकामा प्रहरीले पक्राउ गरेको छ ।

चीनको सरकारी संचार माध्यमका अनुसार राजधानी बेइजिङमा हालै नियन्त्रणमा लिएर सो अभियोग लगाइएका ३५ वर्षीय लीले आफ्नो अपराध स्वीकारेका छन् । लीले सन् २०२१ मा चलचित्रमा चीनका कम्युनिस्ट पार्टीका नेता माओ जेदोङको भूमिकामा अभिनय गरेका थिए ।

उनलाई यसै घटनाका कारण अहिले फेसन हाउस प्राडा लगायन विभिन्न कम्पनीहरूले आफ्ना ब्रान्ड एम्बेस्डरबाट हटाएका छन् । चीनमा कारबाहीमा पर्ने यिनी पछिल्ला कलाकार हुन् । सरकारी अधिकारीहरूले युवा जगतमा कलाकारहरूबाट पर्ने प्रभावको आलोचना गरेका छन् । ली यिफेङ उर्फ घरेलु नाम इभान ली भएका यी कलाकार चीनमा अत्यन्तै लोकप्रिय छन् । चीनको ट्विटर जस्तो साइना वेइको प्लेटफर्ममा उनका छ करोड फलोअर छन् ।

सन् २००७ मा एउटा राष्ट्रिय टेलिभिजन प्रतिभा प्रतिष्पर्धामा भाग लिएदेखि नै उनी सार्वजनिक नजरमा परेका थिए । थुप्रै टीभी कार्यक्रम र नाटकमा काम गर्दागर्दै उनी चलचित्र अभिनयमा प्रवेश गरेका थिए । गत वर्ष चीनको कम्युनिस्ट पार्टीमाथि बनाइएको ऐतिहासिक जीवनीमा आधारित चलचित्र ’दि पायोनियर’मा मुख्य भूमिका निभाएका थिए । -बीबीसीबाट