इटहरीः प्रदेश नम्बर १ का भूपू सैनिक र प्रहरीको विशेष भेला इटहरीमा सम्पन्न भएको छ ।
भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासङ्घ प्रदेश नं १ को विशेष भेलामानेपाल तथा भारत र अन्य देशमा समेत कार्यरत सेना तथा प्रहरीले प्राप्त गर्ने सेवा सुविधा तथा समान अवसरका विषयमा छलफल भएको बताइएको छ ।
सो भेला महासङ्घका प्रदेश नं १ का अध्यक्ष किशोरकुमार राईको अध्यक्षतामा भएको थियो । भेलामा पूर्व सैनिक भीमबहादुर तामाङ, अमीरप्रसाद भट्टराई, तीर्थबहादुर राई, रत्नबहादुर भण्डारी, गोपाल श्रेष्ठ लगायतले भूतपूर्व सैनिक तथा कर्मचारीका समस्या र समाधानका विषयमा आफ्ना धारणा राखेका थिए ।