धरानः धरान ३ मा अवस्थित पालिका तरकारी बजार ७५ लाखमा निर्माण सम्पन्न भएको छ ।

धरान उपमहानगर, प्रदेश सरकार र व्यवसायीहरूको त्रीपक्षिय लागनीमा ७५ लाख ५० हजार रुपैयाँमा निर्माण सम्पन्न भएको हो । शुक्रबार १ नं. प्रदेशका कृषि मन्त्री झलकबहादुर मगरले बजारको उद्घाटन गरे । कृषि मन्त्री मगरले कृषि मन्त्रालयले थोरै मात्र रकम प्रदान गर्दा आफ्नै लगानीमा राम्रो बजार निर्माण गरेको बताए । उनले कृषि मन्त्रालय माध्यम मात्र भएको बताए । प्रदेश सरकारले एक पालिका एक उत्पादन कार्यक्रम २८ स्थानीय तहमा लागु गरेको उनले बताए ।

palika bajar4.

समितिका अध्यक्ष राजेन्द्र दर्नालले नगर सरकार, प्रदेश सरकार र व्यवसायीकै लगानीमा निर्माण भएपछि बजारको मुहार फेरिएको बताए । उनले भने, ‘पहिले फलफूल बजारलाई  बङ्गुरको खोरजस्तै भनिन्थ्यो । गम्बुट लगाएर बजार छिर्नुपर्ने अवस्था थियो । अहिले मुहार फेरियो ।’ कृषि मन्त्रालयका सचिव मेघनाथ तिमल्सेना धरानको कृषि नेपालमा नै उत्कृष्ट भएको बताए । उनले युवाहरु वैदेशिक रोजगारी उत्पादनमा पहाडी भेगका जग्गा बाँझिदै गएको बताए । उनले भने, ‘उत्पादन झापा मोरङ र सुनसरीको जमिनमा २ सिजन धान लगाउने हो भने मुलुकलाई धान चामल पुग्छ ।’ उनले पहाडी भूभागमा बाँदरको व्यवस्थापन गरेर फलफूल लगाएमा आत्मनिर्भर बन्न सक्ने बताए ।

palika bajar3

palika bajar2