इटहरीः हिजो बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्ममा प्रदेश नम्बर १ मा ८ सय १५ जना सवारी चालक ट्राफिक कारवाहीमा परेका छन् ।
१ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मापसे गरी सवारी चलाउने ४१ जना, मोटरसाइकलमा ३ जना बसेर सवारी चलाउने २७ जना र हेलमेट नलगाई मोटरसाइकल चलाउने १६ जना कारवाहीमा परेका हुन् ।
क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने ९७ जना, सवारी चालक अनुमति पत्र नभएका ५३ जना, सवारी चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिने ३४ जना र जथाभावी पार्किङ गर्ने ३१ जना कारवाहीमा परेका छन् ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंका अनुसार रोक्न निषेधमा सवारी साधन रोक्ने ५५ जना, पार्किङ निषेधमा पार्किङ गर्ने १२ जना, सुरक्षा पेटी नबाँधी सवारी चलाउने २३ जना र कागजपत्र साथमा नराखी सवारी चलाउने १ सय ८९ जना पनि सोही अवधिमा कारवाहीमा परेका छन् ।
सवारी साधनको बत्ती ठीक अवस्थामा नभएको सवारी चलाउने ३१ जना, हर्न निषेधमा हर्न बजाउने ५ जना, तीव्र गतिमा सवारी चलाउने ४ जना र ढोका खुल्ला राखी सवारी साधन चलाउने ३४ जना पनि कारवाहीमा परेका छन् ।
प्रसाईंका अनुसार बढी मालसामान ढुवानी गर्ने २९ जना, लापरवाही साथ सवारी चलाउने १ सय ३१ जना र विना रुट परमिट सवारी चलाउने ३ जना चालक सो अवधिमा कारवाहीमा परेका छन् ।