इटहरी: ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणको लागि विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
यसै क्रममा ‘दुर्घटना घटाऔं, मान्छे बचाऔं’ अभियान अन्तर्गत शनिबार इलामका सवारी चालकहरूलाई छातीमा हात राख्न लगाई ट्राफिक नियम पालना गर्ने वाचा गराउन लगाइएको थियो ।
१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंसहितको टोलीले फिक्कलमा कार्यक्रम गरी चालकहरूलाई ट्राफिक नियमको पालनाका सम्बन्धमा सचेत गराएको बताइएको छ ।
उता, पाँचथरको फिदिममा पनि सोे कार्यक्रम गरिएको कार्यालयले जनाएको छ ।