सुभाः फिजीका प्रधानमन्त्री फ्रान्क बाइनीमारामाका छोरालाई अस्ट्रेलियामा घरेलु हिंसासम्बन्धी थुप्रै अपराध गरेको अभियोग लगाइएको छ । 

३६ वर्षीय रातु मेली बाइनीमारामाविरुद्ध बदनियतले पछ्याएको, यातना दिएको र घाँटी थिचेर कुटपिट गरेको जस्ता १७ वटा अभियोगमा मुद्दा दायर गरिएको छ । उनीविरुद्ध भौतिक सम्पत्तिमा क्षति पु¥याएको र बिना अनुमति एउटा अन्तरङ्ग तस्बिर वितरण गरेको आरोप पनि लगाइएको छ ।

बाइनीमारामा कुनै निवेदनमा प्रवेश नगरेको र उनको प्रतिरक्षा उनको असल आचरणमा भर पर्ने उनका वकिलले बताएका छन् । उनले गत फेब्रुअरी र मेमा ती अपराध गरेको तर, यसै महिनाको सुरुमा प्रहरीमा परेको एउटा उजुरीको आधारमा गतसाता मात्र उनलाई पक्राउ गरिएको बताइएको छ ।

उनको जमानत स्वीकृत भएको छ । आउँदो अक्टोबर १३ मा अदालतमा उनको मुद्दा पुनः अघि बढाइनेछ । उनी सन् २००७ देखि सत्तामा रहेका फ्रान्क बाइनीमाराका एक्लो छोरा हुन् । यसै वर्षको उत्तरार्धमा फ्रान्कले चुनावमा पूर्वप्रधानमन्त्री सितिभेना रावुकासँग प्रतिस्पर्धा गर्दैछन् । -बीबीसीबाट