इटहरी: इटालियन ब्रान्ड ‘टारो’ का स्पोर्ट्स बाइक र स्कुटरको शो रुमको शाखा इटहरीमा सञ्चालनमा आएको छ ।
्एमजी गु्रपअन्तर्गत ओम मोटोकर्पले गत वर्ष नेपाली बजारमा ल्याएका मोटरसाइकल र स्कुटरको इटहरी वडा नं. १६ लविपुरमा शाखाको शो रुम विस्तार गरिएको हो । शोरुमको ओम मोटोकर्पका म्यानेजिङ् डाइरेक्टर सुदीप घिमिरे, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य अमर खड्का र नेपाल प्रेस यूनियन सुनसरी अध्यक्ष पवन अधिकारीद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको थियो ।
आकर्षक लुक्स तथा उच्चतम प्रविधिमा निर्मित ‘टारो’ ब्राण्डका मोटरसाइकल तथा स्कुटरको माग प्रदेश १ बाट अधिक आएको र ग्राहकको चाहना पूरा गर्न विषेशगरी युवाहरुलाई लक्षित गरेर मोटरसाइकल र स्कुटीहरु ल्याइएको ओम मोटोकर्प प्रालिका जेनेरल म्यानेजर उज्वल जोसीले जानकारी दिए ।
‘टारो’ इटालियन डिजाइन र प्रविधिमा निर्मित भई विभिन्न देशमा बिक्रीवितरण भइरहेको प्रचलित ब्राण्ड हो । ‘टारो’ का बाइक तथा स्कुटरहरु नेपाली युवाहरुमाझ लोकप्रिय रहने विश्वास कम्पनीको रहेको छ । कम्पनीले आगामी एक महिनाभित्र बिक्रीपछिको सेवासमेत सुरु गरिने जनाएको छ ।