विराटचोकः सवारी दुर्घटना न्यूनीकरणको लागि विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम गर्ने क्रममा आइतबार मोरङको भाउन्ने र गछियामा कार्यक्रम भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

‘दुर्घटना घटाऔँ मान्छे बचाऔँ’ अभियानअन्तर्गत मोरङको बेलबारी –.११ भाउन्नेमा कार्यक्रम गरिएको थियो । त्यस्तै, भाउन्ने र लक्ष्मीमार्गको बीचमा रहेको कज्वेमा सवारी दुर्घटनाबाट बच्न एवम् सम्भावित दुर्घटना न्यूनीकरण गर्न सन्देशमूलक होर्डिङ बोर्ड राखिएको सो कार्यालयले जनाएको छ ।

अगाडि रहेको पुलको अवस्थाको बारेमा जानकारी दिन जानकारीमूलक होडिङ बोर्ड राखिएको सो कार्यालयले जनाएको हो । सो बोर्ड ट्राफिक प्रहरी पोष्ट बेलबारीले राखेको बताइएको छ ।

त्यस्तै, मोरङको सुन्दरहरैंचाको गछियामा पैदल यात्रीलाई जेब्राक्रसबाट बाटो पार गर्न सिकाइएको सो कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंका अनुसार ट्राफिक प्रहरी पोष्ट गोठगाउँको आयोजनामा पैदलयात्रीका लागि सो कार्यक्रम भएको थियो ।

traffic sachatena (2)