इटहरीः प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ठूला दलहरूले प्रत्यक्षतर्फ न्युन सङ्ख्यामा मात्र मुस्लिम उम्मेदवार उठाउने गर्दछन् । त्यही भएर संसदमा जितेर जाने मुस्लिम सांसदको सङ्ख्या पनि न्युन हुने गर्दछ । तेस्रो ठूलो पार्टीको रूपमा रहेको माओवादी केन्द्रको जनवर्गीय संगठन मुस्लिम मुक्ति मोर्चा नेपालले प्रतिनिधि सभा र प्रदेश सभा गरी १६ जना नेतालाशई आगामी मङ्शिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनाउन पार्टी केन्द्रीय कार्यालयलाई सिफारिश गरेको छ ।

मोर्चाले प्रतिनिधि सभामा सिफारिश भएका ९ जनामध्ये ६ जनाको नाम प्रदेश सभा सदस्यमासमेत दोहोरो सिफारिश  गरेको छ । यस अनुसार प्रतिनिधि सभामा ९ र प्रदेश सभामा १४ जनाको नाम सिफारिश गरिएको बुझिएको छ । 

मोर्चाले स्थायी समिति सदस्य हकीकुल्लाह खाँ मुसलमानको नाम रुपन्देही ३ प्रतिनिधि सभा सदस्यको लागि सिफारिश गरेको छ । उनको नाम विकल्पमा समानुपातिकबाट प्रतिनिधि सभाकोलागिसमेत सिफारिश गरिएको छ । हकीकुल्लाह  खाँ मुस्लिम मुक्ति मोर्चाका ईञ्चार्ज हुन् । उनी राज्य मन्त्री समेत रहिसकेका छन् ।

भर्खरै जनता समाजवादी पार्टी परित्याग गरी माओवादीमा आएका पूर्व मन्त्री तथा संविधान सभा सदस्य वकिल मुसलमानको नाम मोर्चाले प्रत्यक्षतर्फ रुपन्देही प्रतिनिधि सभा निर्वाचन क्षेत्र ५ को लागि सिफारिश गरेको छ । उनी २०६४ मा संविधान सभा सदस्यमा त्यही क्षेत्रबाट प्रत्यक्ष  निर्वाचित भएका थिए ।  त्यस्तै रूपन्देही प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३ मा पार्टी केन्द्रीय सदस्य मकसुद अलीको नाम सिफारिश भएको छ । उनको नाम प्रदेश सभा सदस्यमा ३क बाट समेत सिफारिश भएको छ । उनी २०६४ र  २०७० गरी दुईपटक संविधान सभा सदस्यमा लडेका थिए ।

पार्टी केन्द्रीय सदस्य तथा मुस्लिम मुक्ति मोर्चाको अध्यक्ष रहेका अतहर हुसेन फारुकीको नाम बाँके २ र २ख गरी प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा सिफारिश भएको छ । उनी २०६४ मा संविधान सभा सदस्यमा लडेका थिए ।

मोर्चाले नवलपरासी २ को प्रतिनिधि सभा सदस्यमा पार्टी प्रदेश सदस्य बीबी खराल (ईश्हाक)को नाम सिफारिश गरेको छ । यसरी लुम्बिनी प्रदेशबाट मोर्चाले प्रतिनिधि सभा सदस्यमा चार नेताको नाम सिफारिश गरेको छ ।

मोर्चाले मधेश प्रदेशबाट तीनजना नेताको नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा प्रत्यक्षतर्फ सिफारिश गरेको छ । मोर्चाले गरेको सिफारिशमा पार्टी केन्द्रीय सदस्य रजी हैदरको नाम महोत्तरीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ४  बाट सिफारिश गरेको छ । उनी २०७० र २०७४ मा समेत संविधान सभा सदस्यको उम्मेदवार थिए ।

sangh

रौतहट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ३ बाट पार्टी केन्द्रीय सदस्य अब्दुल वहीद अन्सारीको नाम सिफारिश गरिएको छ । उनको नाम प्रदेश सभामा ३क बाटसमेत सिफारिशमा परेकाृ छ । 

त्यस्तै तमलोपाबाट माओवादी प्रवेश गरेका इमदाद गद्दीको नाम पर्साको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। ४ बाट सिफारिश भएको छ ।

यसरी मधेश प्रदेशबाट प्रतिनिधि सभा सदस्यको लागि मोर्चाले तीन नेताको नाम सिफारिश गरेको हो ।

प्रदेश १ बाट एकजना नेताको नाम प्रतिनिधि सभा सदस्यको लागि सिफारिश गरेको छ । मोर्चाले केन्द्रीय सदस्य मोहम्मद जाकिर हुसैनको नाम सुनसरीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ४ को लागि प्रत्यक्षतर्फ सिफारिश गरेको छ ।  उनको नाम प्रदेश सभा ४ख को लागिसमेत सिफारिश भएको छ । उनी २०७४ को चुनावमा प्रदेश सभामा सोही क्षेत्रबाट लडेका थिए । हुसैन २०७० मा संविधान सभा सदस्य र २०७४ मा राज्यमन्त्रीसमेत  भएका थिए । 

प्रदेश सभातर्फः 

मोर्चाले प्रदेश सभा सदस्यकोलागि प्रत्यक्षतर्फ १४ जना नेताको नाम सिफारिश गरेको छ ।

प्रदेश १ मा मोरङ ६ख बाट शेख मोहम्मद आजम, सुनसरी ३क बाट हैदर अली मियाँ र सुनसरी ४ खबाट केन्द्रिय सदस्य मोहम्मद जाकिर हुसैन गरी तीन नेताको नाम सिफारिश गरेको छ  ।

मधेश प्रदेशमा मोर्चाले प्रदेश सभामा तीन नेताको नाम सिफारिश गरेको छ । मधेशबाट सिफारिशमा पर्नेमा पर्सा ४ख बाट केन्द्रीय सदस्य तथा सांसद शेख चान्द तारा, ३ कमा प्रदेश सभा सदस्य रहेकी पाश्मीना कादरी र केन्द्रीय सदस्य रहेका अब्दुल वहीद अन्सारीको नाम रौतहट ३ कमा सिफारिश भएको छ ।

पर्साको ३  कबाट जिल्ला पार्टीले रहबर अन्सारीको नामसमेत सिफारिश गरेको छ । लुम्बिनी प्रदेशबाट मोर्चाले प्रदेश सभाकोलागि सर्वाधिक पाँचजना नेताको नाम सिफारिश गरेको छ ।

बाँके २ख बाट पार्टी केन्द्रीय सदस्य तथा मोर्चा अध्यक्ष अतहर हुसेन फारुकी, कपिलवस्तु ३क को लागि एहसान अहमद खान, कपिलवस्तु ३ख कोलागि हजरत अली, रुपन्देही ३क कोलागि फैज अहमद खान, रुपन्देही ३क कैलागि के। सदस्य मकसुद अलीको नाम सिफारिश भएको छ ।

मोर्चाले पर्याप्त सङ्ख्यामा मुस्लिम समुदायबाट उम्मेदवार बनाउन पार्टीमा दबाव बढाएको छ । मोर्चाले समानुपातिकतर्फ पनि बरियता, योगदान, क्षमता र सन्तुलन मिलाएर नाम सिफारिश गरेको थियो ।

यस्तो छ ,सूचि

प्रतिनिधि सभातर्फः 

१ हकीकुल्लाह खाँ मुसलमान रुपन्देही ३

२ वकिल मुसलमान रुपन्देही ५

३ मकसुद अली  रुपन्देही ३

४अतहर हुसेन फारुकी बाँके २

५बीबी खराल ईश्हाकु  नवलपरासी २

६रजी हैदर महोत्तरी ४

७अब्दुल वहीद अन्सारी रौतहट ३

८इमदाद गद्दी  पर्सा ४

९ मोहम्मद जाकिर हुसैन सुनसरी ४

प्रदेश सभातर्फ 

१ शेख मोहम्मद आजम मोरङ ६ख  

२ हैदर अली मियाँ सुनसरी ३क

३ मोहम्मद जाकिर हुसैन सुनसरी ४ ख

४ शेख चान्द तारा पर्सा ४ ख

५ पाश्मीना कादरी पर्सा ३क

६अब्दुल वहीद अन्सारी रौतहट ३क

७रहबर अन्सारी पर्साको ३ क

८अतहर हुसेन फारुकी बाँके २ ख

९ एहसान अहमद खान कपिलवस्तु ३ क

१०हजरत अली कपिलवस्तु ३ख

११फैज अहमद खान रुपन्देही ३क

१२ मकसुद अली रुपन्देही ३क