विराटनगरः ‘सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण’ गर्ने अभियानअन्तर्गत प्रहरीले आइतबार अन्दाजी १ लाख ३ हजार मूल्य बराबरको डिजेलसहित १ युवकलाई पक्राउ गरेको छ ।

नेपालबाट भारततर्फ डिजेल निर्यात गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका वडा नम्बर ३ २० वर्षीय सञ्जय टुडू रहेका छन् ।

को ३० प ७३८५ नम्बरको मोटरसाइकलमा राखेर डिजेल तस्करी गर्दै गर्दा उनी पक्राउ परेका हुन् । विराटनगर– १५ बाट पक्राउ परेका उनलाई बरामद डिजेलसहित विराटनगर भन्सार कार्यालय रानीमा बुझाइएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।