विराटनगरः नेकपा एकीकृत समाजवादी मोरङ्गले निर्वाचन नजिकिएसँगै चुनावी प्रचार प्रसारलाई तिव्रता दिन प्रचार प्रसार समिति निर्माण गरेको छ । 

नेकपा एसले अधिवक्ता समेत रहेका पेशल कुमार न्यौपानेको संयोजकत्वमा जिल्ला प्रचार प्रसार कमिटि बनाएको हो । 

पार्टीका पोलिव्युरो सदस्य तथा प्रदेश एक कमिटीका सचिव महेश रेग्मीको उपस्थितीमा भएको बैठकले प्रचार प्रसार कमिटीको टुगो लगाएको थियो । कमिटीको सदस्यहरुमा पार्टीको मोरगंका उपसचिव वसिम आलम, निलम ढुँगेल र साथै योगेशराज भण्डारी र समाजवादी प्रेस संगठन प्रदेश नम्बर एकका संयोजक बन्धु पोखरेल छन् । पोखरेल मुख्यमन्त्री कार्यलयका प्रेस सल्लाहाकार समेत हुन ।