इटहरीः यहि मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी जिल्लाको क्षेत्र नम्बर १ र २ का उम्मेद्वारले अधिकतम ३१ लाख रुपैँया सम्म खर्च गर्न पाउने खर्च सिमा तोकेको छ । 

निर्वाचन खर्चमा मितव्ययिता अपनाउन आयोगले सुगम र दुर्गम जिल्लाको निर्वाचन क्षेत्रहरुको मुल्याँकन गर्दै अधिकतम खर्च गर्न पाउने सिमा तोकेको हो । 

आयोगले हालै एक सुचना जारी गर्दै सुनसरीको क्षेत्र नम्बर ३ र ४ का लागि भने एक उम्मेद्वार बराबर धेरैमा २९ लाख मात्र खर्च गर्न भन्दै सिमा तोकेको छ । 

एक लाख २५ हजार ४३२ मतदाता रहेको सुनसरी क्षेत्र नम्बर ३ मा  १ सय ३९ वटा मतदान केन्द्र रहेका छन् भने १ लाख २८ हजार ६५ मतदाता रहेको सुनसरी क्षेत्र नम्बर ४ मा १४१ वटा मतदान केन्द्र रहेका छन् । 

यता निर्वाचन खर्चको हद ३१ लाख रहेका निर्वाचन क्षेत्रहरु सुनसरी १ मा १ लाख ४१ ह्जार ८७८ मतदाता छन् भने सुनसरी २ मा १ लाख ४९ हजार ५६६ मतदाता रहेका छन् दुवै क्षेत्रमा क्रमश १५२ र १५९ मतदान केन्द्र रहेका छन् । निर्वाचन आयोगले मतदाता संख्या, केन्द्र र भुगोगको अध्ययन गर्दै उम्मेद्वारले खर्च गर्न सक्ने खर्चको हद तोकेको हो ।