इटहरीः आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा(एकीकृत समाजवादी)लाई आजसम्मको सहमति अनुसार प्रतिनिधिसभा तर्फ १९ स्थानमा उम्मेदवारी दिने नेताहरुको नाम टुङ्गिएको छ ।
समाजवादी प्रेस संगठन नेपालका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीका अनुसार थप एक स्थानमा सहमति हुन बाँकी छ । धनुषामा रामचन्द्र झाको स्थान टुङ्गिने बाँकी रहेको छ ।
प्रतिनिधि सभा तर्फ एकीकृत समाजवादी इलाम क्षेत्र न १ बाट झलनाथ खनाल, उदयपुर क्षेत्र न २ बाट जगनाथ खतिवडा, रौतहट क्षेत्र न १ बाट माधवकुमार नेपाल ,बारा क्षेत्र न ४ बाट किसान श्रेष्ठ,काठमाडौं क्षेत्र न ८ बाट जिवनराम श्रेष्ठ, ललितपुर क्षेत्र न २ बाट कृष्णलाल महर्जन, धादिङ क्षेत्र न १ बाट राजेन्द्र पाण्डे,मकवानपुर क्षेत्र न २ बाट विरोध खतिवडाको नाम टुङ्गिएको छ ।
त्यसैगरि कास्की क्षेत्र न २ बाट श्रीनाथ बराल र शिवजी गुरुङ, गुल्मी क्षेत्र न २ बाट रामकुमारी झाँक्री, पाल्पा क्षेत्र न २ बाट सोमप्रसाद पाण्डे, रुपन्देही क्षेत्र न २ बाट राजु गुरुङ, दाङ क्षेत्र न १ बाट मेटमणी चौधरी,सल्यानबाट प्रकाश ज्वाला, डोल्पाबाट धन बहादुर बुढा, दैलेख क्षेत्र न १ बाट अम्बर बहादुर थापा, अछाम क्षेत्र न १ बाट शेर बहादुर कुवँर, बझाङबाट भानुभक्त जोशी र डोटीबाट प्रेम बहादुर आले टुङ्गो लागेको हो ।