विराटनगरः ‘सीमा क्षेत्रमा तस्करी नियन्त्रण’ अभियान अन्तर्गत प्रहरीले आज अन्दाजी १ लाख ३८ हजार मूल्य बराबरको अवैध लत्ताकपडा र फर्निचरको सामान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर–१५ र १६ बाट दिउँसो १ बजे २ थान टेबल, ४ थान कुर्सी र २ थान आल्ना बरामद गरेको छ । त्यसैगरी, बेवारिशे अवस्थामा राखिएको को १६ प ४०३ नम्बरको मोटरसाइकल र अवैध लत्ताकपडा सहित भारत नदिया धानतला–२ बस्ने जीवन विश्वास र अमर विश्वासलाई पक्राउ गरेको छ ।

बरामद सामानसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि आजै विराटनगर भन्सार कार्यालय रानीमा बुझाइएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।