इटहरीः फुटपाथ हटाउने नाममा दैनिक गुजारा चलाईरहेकी शर्मिला तामाङ्गको ठेला काठमाण्डौको महानगर प्रहरीले थापाथलीबाट उठाएपछि धरानका मेयर हर्क साम्पाङ्गले दया देखाएका छन् ।
पहिल्यैदेखि बालेन शाहको फुटपाथ हटाउने अभियानको विरोधी बनेका धरानका मेयर हर्क साम्पाङ्गले शुक्रबार ठेला खोसिएकी शर्मिला तामाङ्गलाई आफ्नो एक महिना बराबरको तलव पठाइदिने घोषणा गरेका छन् ।
आफ्नो सामाजिक सञ्जाल फेसबुकमा मेयर साम्पाङ्गले शर्मिला तामाङलाई एक महिनाको तलब दिने घोषणा गरेका हुन् ।
काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ठेलागाडामा सामान बेचेर जीविका चलाउँदै आएकी शर्मिला तामाङको ठेला नगर प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो।
‘यी बहिनी को हुन् ? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु ! जय मान्छे !,’ उनले फेसबुकको स्ट्याटसमा लेखेका छन् ।
देशका धेरै शहरमा फुटपाथ हटाउने लहर चलेका बेला धरान उपमहानगर भने अहिले सम्म त्यस्तो गरेको छैन । एक पटक महानगरले सुचना निकालेर ३५ दिन भित्र फुटपाथलाई मिचेर बनाएका संरचना तथा पसलहरु हटाउने आग्रह गरेको भएपनि अहिले सम्म धरानउपमहानगरले कदम भने चालेको छैन । त्यसैले पनि मेयर साम्पाङ्ग फुटपाथ हटाउने अभियानको पहिल्यै देखि विरोध गर्दै आइरहेका छन् ।