झापाः हल्दिवारी नेकपा एमाले जनबर्गिय संगठनका नेतृत्वले सामुहिक राजिनामा घोषणा गरेका छन् ।

राष्ट्रिय युवा संघ र अनेरास्ववियु हल्दिवारी गाउँ कमिटी अध्यक्ष ,सचिवले सामुहिक राजिनामाको घोषणा गरेका छन् ।

युवा संघका अध्यक्ष अनिल मेचे सचिव मनोज सुवेदी र विद्यार्थी संगठनका अध्यक्ष बिजय राई सचिब अभिषेक खतिवडाद्धारा संयुक्त बिज्ञाप्ति जारी गर्दै राजिनामाको घोषणा गरेका हुन् ।

received_1158627361406762

प्रदेश सभा र प्रतिनिधि सभाको आगामी मंसिर ४ गते तोकिएको निर्वाचनमा राप्रपा र एमालेको चुनावी तालमेल लाई लिएर एमाले नेता कार्यकर्ता असन्तुष्ट देखिदै आएका छन् ।

झापा क्षेत्र नम्बर ३ मा एमाले नेता डम्मर गिरिले उम्मेद्बारी दिए पछि उनलाई जिल्ला कमिटीले कारबाही गर्दै साधारण सदस्य समेत नरहने गरि कारबाही गरिसकेको छ । यस्तै गिरिको प्रस्तावक बनेको भन्दै युवा संघका सचिव मनोज सुवेदी लाई एमाले गाउँ कमिटीले पनि कारबाही गरेपछि दुबै संगठनका अध्यक्ष ,सचिबले सामुहिक राजीनामा घोषणा गरेका हुन् ।