विर्तामोडः  झापामा मलामी बोकेको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । 

झापाको  शिवसताक्षी नगरपालिका कुञ्जिबारीबाट मलामी  जाँदै गरेको बस पूर्वपश्चिम राजमार्ग शिवसताक्षी नगरपालिका ९ झर्नाबस्तीमा  बुधबार दिउँसो १ बजे बस दुर्घटनामा परेको हो । घाइतेमध्ये तीन जनाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । 

कनकाई नदीको मुक्तिघाटमा शवको दाहसंस्कार सकेर मलामी लिएर फर्किँदै गरेको ना ७ ख २६५१ नम्बरको बस सडक छेउको रुखमा ठोकिँएर  दुर्घटनामा परेको हो ।  घाइतेमध्ये २७ जनाको  विर्तामोडको  बिएण्डसी  अस्पतालमा उपचार भइरहेको र दुई जनाको भने स्थानीय अस्पतालमा उपचार भएको   जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । 

अगाडि रहेको अर्को  बसले आकस्मिक ब्रेक लगाउँदा मलामी बोकेको बस चालकले जोगाउन खोज्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय झिलझिलेले  जनाएको छ । गोरखापत्रबाट