धरानः बराह सहकारी पीडित संघर्ष समितिले बराह सहकारीको रकम डुब्नुमा सञ्चालक र विभागीय प्रमुखहरुको अनावश्यक खर्च, विलासिता रहनसहन, अपरिपक्व क्रियाकलाप, महत्वकांक्षी निर्णय रहेको निष्कर्ष निकालेको छ ।

शनिबार समितिले बराह ग्रुप अफ कम्पनीको हलमा पत्रकार सम्मेलन गर्दै बराह ग्रुप अफ कम्पनी र बराह सहकारीसँग सहभागिता र सहकार्य गरी संचालन गर्न शर्तहरु सार्वजनिक गरेको विज्ञप्तिमा बराह डुब्नुका ती कारणहरु औल्याएको छ । विज्ञप्तिमा धितोको मूल्याङ्कन विनाको कर्जा वितरण, आफ्ना र पहुँचवालाहरुलाई जथाभावी रकम वितरण,  शेयर सदस्यहरु र वचतकर्ताहरुलाई जानकारी सहमति विना ठूला लगानी गरी अपचलन गरेको निश्कर्ष निकालेको उल्लेख छ । 

यस्तै, शेयरसदस्यहरु र वचतकर्ताहरु  साविकै सञ्चालकहरुको एकलौटी भरोसा गरेमा हालसम्म रहेको सम्पत्तिहरु पनि शुन्यमा पुग्ने खतरा देखिएको जनाएको छ । बराह ग्रुप अफ कम्पनी र बराह सहकारीसँग बराह सहकारी पीडितहरू सहकार्य गरी सञ्चालन गर्ने प्रक्रिया सुरु गरेको छ । 

सहभागी भई सञ्चालन गर्न बराह पीडित सङ्घर्ष समितिले आफ्ना शर्त धरान उपमहानगरलाई बुझाउने भएको छ । समितिका अनुसार आइतबार आफ्ना शर्तहरु नगरमा बुझाउन जनाएको छ । बराह ग्रुप अफ कम्पनी र सहकारी सञ्चालकहरूले पनि नगरमा सञ्चालन गर्न सक्ने आधार पेश गर्ने समितिले जनाएको छ । पीडित सङ्घर्ष समितिका शर्तहरु र सञ्चालक आधारहरू नगर अध्ययनपश्चात बराह सञ्चालन गर्ने निर्णय गर्नेछ । शुक्रबारदेखि नै सामान्य रुपमा बराह ढोका खुलेको छ । पीडितहरू र सञ्चालकको सहमति हस्ताक्षर भएपछि पुर्ण सञ्चालन आउने समितिको भनाई छ । समितिले गरेको पत्रकार सम्मेलनमा बराहका सञ्चालनकरू भने उपस्थित थिएनन् ।

 बराह पीडित सङ्घर्ष समितिका प्रवक्ता रामबहादुर परियार, सचिव शारदा खड्का र संयोजक श्यामप्रसाद ढकालले जारी गरेको विज्ञप्तिमा बराह सहकारी पिडित सङघर्ष समितिले बराह सहकारी र बराह ग्रुपका सञ्चालकहरुले सम्झौता कार्यन्वयन नगरेको उल्लेख छ । 

310931847_5621464464575783_8398232476117750792_n

समितिले सम्बन्धित पक्षहरुसंग  ४४ औँ पटकको छलफलले बराह ग्रुप अफ कम्पनी र बराह सहकारी बचतकर्ताहरुको रकमबाटै सञ्चालित भएको हो निश्कर्ष निकालेको छ । बराहलाई सञ्चालन गर्न पीडित शेयर सदस्यहरु तथा वचतकर्ताहरुभित्रैबाट इमानदार, अनुभवी र योग्य समूह गठन गरी धरान नगर समेतको सक्रिय निगरानी र सहभागितामा कोषको निर्माण गर्ने विज्ञप्तिमा उल्लेख छ । 

 रोक्का भएका जग्गाहरुलाई विक्रि गर्नुपर्ने सम्पत्ति मात्र आवश्यकतानुसार फुकुवा गर्दै जाने जनाएको छ । समिति गठन गरी अपचलन भएको सम्पत्तिहरुको निष्पक्ष छानविन गर्दै छानविन दोषीलाई कारबाहीको दायरामा ल्याउने जनाएको छ । बराह ग्रुप अफ कम्पनी र बराह सहकारी सञ्चालन निर्देशिका तर्जुमा गरी शूरुमा आपतकालीन तथा अत्यावश्यक भएका वचतकर्ताहरुलाई निरिक्षण र अनुगमन गरी प्राथमिकताको आधारमा केही प्रतिशत भुक्तानी जनो जनाएको छ । बराह, धरान उपमहानगर नगरपाकिला र पीडितहरुको त्रिपक्षीय सम्झौता गरी सञ्चालन गर्ने जनाएको छ । समितिले १६ बुदे शर्त राखेको छ ।

 यस्ता छन् शर्तः

 १ बराह वचत तथा ऋण सहकारी संस्था लि.ले कुनै पनि बैंक तथा वित्तिय संस्थाहरुबाट कर्जा लिने वा बैंकिङ्ग स्वाइप गर्ने भएमा वा भौतिक सम्पत्ति बेचबिखन गर्ने भएमा सो सम्पूर्ण रकम बराह ग्रुप अफ कम्पनीबाट २ जना बराह संघर्ष समितिबाट २ जना र धरान उ.म.न.पा.का प्रतिनिधिहरु १ जना समेत ५ जनाको नाममा रहेको त्रिपक्षिय खातामा निजहरुको हस्ताक्षर समावेश गरी तुरुन्त रकम जम्मा गर्ने र ५ जनामध्ये प्रत्येक निकायबाट ३ जनाको अनिवार्य दस्तखतबाट मात्र कारोबार गर्नुपर्नेछ र जम्मा भएको रकम १० दिनभित्र वचतकर्ताहरुलाई आवश्यकता र प्राथमिकताको आधारमा कानून बमोजिम वितरण गर्नेछ । वचतकर्ताहरुलाई रकम वितरण गर्नकोलागि यस करार सम्झौता भएको मितिले १५ दिन देखि नगद काउण्टर सन्चालन गरी १ महिना भित्रमा नगद वितरण गरिनुका साथै बराहको ब्यापार ब्यवसाय सञ्चालनमा आएपछि बराहका बचत तथा लगानीकर्तालाई बस्तुको खरिदमा, खरिद मूल्यको २५ प्रतिशत सपिङ भौचरको ब्यवस्था गरिने छ । २५ प्रतिशत सपिङ भौचरको भूक्तानी बचत तथा लगानीकर्ताको बचतबाट समायोजन गरिने छ भन्ने कुरामा हामी सहमत छौं  र वितरण गर्दा निश्पक्ष त्रिपक्षीय रकम वितरण उप–समिति गठन गरी वितरण गरिनेछ र वडा संयोजकहरु र धरान बाहिरका संयोजकहरुले तयार गरेको वचतकर्ताहरुको विवरणलाई पहिलो प्राथमिकता दिइनेछ र रकम वितरण गर्दा निर्देशिका विपरित ,अपारदर्शी र विभेद प्रकारले रकम वितरण गरिएको ठहरिएमा उक्त उप–समितिका व्यक्तिहरुको घर घरानाबाट असूल उपर गरिनेछ र त्यस प्रकारको नगद वितरणलाई कोषबाट वितरण भएको मानिने छैन भन्ने विषयमा पनि हामी सहमत छौं ।

 २. बराह ग्रुप अफ कम्पनी र बराह वचत तथा ऋण सहकारी लि. लगायत अध्यक्ष,संचालकहरु,विभागिय प्रमुख, पूर्व सन्चालकहरु,व्यवस्थापकहरु  निजका परिवारहरु,मुख्य शेयरधनी संचालकहरुसमेतको नाममा रहेको सबै चल अचल सम्पत्तिहरुको विवरण तयार गरी आवश्यकतानुसार १ एक तत्कालै हप्ता(७ दिन)÷महिना भित्रमा बेचबिखनकोलागि राख्नेछ । संघर्ष समितिले रोक्का गर्नुभन्दा अघि वा पछि सम्बन्धित निकायमा मुद्दा परी रोक्का भएका वा मुद्दामा नगएका जग्गा जमिन र गरिएका लिखतहरु,जारी भएका तर सटही हुन नसकेका चेकहरुको विवरण उपलब्ध गर्न लगाई द्वितिय पक्षले उल्लेखित व्यक्तिहरुलाई व्यवस्थापन गर्नेछ भन्ने तथ्यमा हामी सहमत छौं ।

312494378_5370991859694920_6011491520199450092_n

 .बराह ग्रुप अफ कम्पनी र सो संग सम्बन्धित व्यवसायहरुलाई संचालन,प्रबर्धन र विकास गर्ने प्रयोजनार्थ बराह पिडित संघर्ष समिति,बराह ग्रुप अफ कम्पनी सहित अन्य सम्बन्धित निकायहरुको ७ सदस्यीय एक विज्ञ छानविन समिति बनाई बराह ग्रुप अफ कम्पनी,बराह बचत तथा ऋण सहकारी र सो संग सम्बन्धित सम्पूर्ण व्यवसायिक निकायहरुको सहकारी स्थापना भएदेखिका हिसाब– किताव आय –व्ययको वास्तविक चित्रण तथा विवरण प्राप्तिकोलागि संघर्ष समितिले इच्छयाइएको चार्टड एकाउन्टेन्टलाई नियुक्ति गरी २ महिना सम्मको म्याद दिई प्रतिवेदन तयार गर्ने र त्यसलाई सम्पूर्ण वचतकर्ताहरु लगायत सम्बन्धित निकायहरुमा सार्वजनिकिकरण गर्ने ,विज्ञ समितिलाई कानून बमोजिमको पारिश्रमिकको व्यवस्था गरिनेछ । उक्त सहकारी र बराह ग्रुपसंग सम्बन्धित कुनै पनि पूर्व सन्चालक,पूर्व विभागिय प्रमुखहरु,कर्मचारीहरु,बहालवाला संचालक,विभागिय प्रमुखहरु,उप–समिति प्रमुख,उप–प्रमुखहरुसमेतले उक्त संस्थाहरुको चल अचल सम्पत्तिहरु अपचलन हिना मिना गरेको ठहरिएमा जसले अपचलन गरेको छ सम्बन्धित व्यक्तिहरुको तीनपुस्ते परिवारमा रहेको र बराह सहकारीको सम्पत्तिबाट अन्य व्यक्तिहरुको नाउँमा लुकाइएको भएतापनि कानून बमोजिम घर घरानाबाट असूल उपर गरी सो कार्य गर्ने व्यक्तिलाई कानून बमोजिम सजाय हुनेछ । तथापी छानविन समिति गठन भएको ७ दिन भित्र लुकाइएका सम्पत्तिहरुको विवरण लुकाइएका व्यक्तिहरुले प्रकाश पारेमा वा छानविन समितिलाई सहयोग गरेमा निजलाई दण्ड जरिवाना सजायबाट मिनाहा दिइनेछ  भन्ने तथ्यमा हामी सहमत छौं ।

 ४.बराह पिडित संघर्ष समिति,बराह ग्रुप अफ कम्पनी र धरान उप–महानगरपालिका समेतको सबै पक्षको प्रतिनिधिहरुको सहमतिमा मात्र विक्रि गर्नुपर्ने सम्पत्तिहरुमात्र फुकुवा गर्दै लैजाने र विक्रि गर्नेछ ,तर कुनै पनि बैंक तथा वित्तिय संस्थामा धितो नरहेको बराह ग्रुप र बराह सहकारी र उक्त संस्थाका संचालकहरु,विभागिय प्रमुखहरु,पूर्व संचालकहरु, कानूनी सल्लाहकारहरु,लेखा परीक्षकहरु,उपसमितिहरुका प्रमुखहरुको नाममा रहेको जग्गाहरु तत्काल फुकुवा गरिनेछैन ।तर निजहरुले छानविन समितिको छानविनबाट अपचलन र हिनामिनामा संलग्नता रहेको नठहरिएमा फुकुवा गरिनेछ भन्ने तथ्यमा हामी सहमत छौं ।

 ५. बराह ग्रुपका व्यवसायिक निकायहरुको कृयाकलापहरुलाई कूशलतापूर्वक सन्चालन गर्न त्रिपक्षीय उच्चस्तरीय ११ सदस्यीय व्यवस्थापन समिति गठन गरी दैनिक कारोबारको विवरणको अनुगमन निरिक्षण गर्न बराह पिडित संघर्ष समितिको ७० प्रतिशत बराह ग्रुप अफ कम्पनीबाट ३० प्रतिशत र धरान उपमहानगरपालिकाबाट १ जना सम्मको प्रतिनिधिहरुको निगरानीमा सन्चालन गर्नेछ । बराह पिडित संघर्ष समिति,बराह ग्रुपका संचालक सहितको द्विपक्षीय कार्यसम्पादन समिति बनाई कर्जा असुली तथा ऋण उप–समिति,निक्षेप रकमको विवरण संकलन उप–समिति, चल अचल सम्पत्तिको विवरण तयारी उप–समिति,बेचविखन गर्ने सम्पत्तिको मूल्यांकन उप–समिति,बिक्रिवितरण उप–समिति,दैनिक कारोबार निरीक्षण उप–समिति बनाई कार्य सम्पादन गरी गर्नेछ र उक्त उपसमितिमा बढीमा ७ जना सम्मको उपसमिति गठन गरिनेछ । तर बराह ग्रुप अफ कम्पनीकोलागि लगानी ल्याउने वा भित्रयाउने जिम्मा द्वितिय पक्षको नै हुनेछ र उक्त लगानीमा कुनै प्रकारको गैर कानूनी लगानी प्रवेश गराएमा सो को कानूनी दायित्व द्वितिय पक्षको नै हुनेछ र व्यवसाय संचालन र लगानीको सुरक्षाकोलागि प्रथम पक्षको तर्फबाट व्यवस्था गरिनेछ भन्ने कुरामा हामी सहमत छौं ।

  नयाँ व्यवस्थापन समति गठन गर्दा संघर्ष समितिका प्रतिनिधिहरुले बराह ग्रुप अफ कम्पनी,बराह बचत तथा ऋण सहकारीको दायित्वमा कुनै प्रकारको ऋण र निक्षेपको उत्तरदायित्व बहन गर्ने छैन । सो को चुक्ता भुक्तान गर्नुपर्ने दायित्व बराह ग्रुप अफ कम्पनी र बराह बचत तथा ऋण सहकारीका पूर्व संचालकहरु र बहालवाला संचालकहरु सहित द्वितिय पक्षको पूर्ण रुपमा चुक्ता भुक्तान नहुन्जेल सस्थागत र व्यक्तिगत रुपमा  रहि रहनेछ भन्ने तथ्यमा हामी सहमत छौं ।

 .बराह वचत सहकारी र बराह ग्रुप अफ कम्पनीले सम्पूर्ण वचतकर्ताहरुको रकम भुक्तानी गर्ने विश्वसनीय प्रमाणकोलागि उक्त सहकारी र बराह ग्रुप अफ कम्पनीका सबै सन्चालकहरु,विभागीय प्रमुखहरु,विभिन्न उप –समितिहरुका प्रमुखहरुको एकाघरका श्रीमान वा श्रीमती सहित तीन पुस्ते खुल्ने फारमको विवरण सम्झौता हुनुभन्दा अघि तयार गरी तत्काल भर्न लगाई हस्ताक्षर गरी बुझाउन लगाउनेछ भन्ने तथ्यमा हामीहरु सहमत छौं ।

 ८. बराह बचत तथा ऋण सहकारी लि.का शेयर रहित वचतकर्ताहरुलाई शेयर सदस्यको रुपमा कानून बमोजिम वचतकर्ताहरुको सावाँ रकमबाट न्यूनतम रुपमा कट्टा हुने गरी वचतकर्ताहरुका स्वेच्छानुसार साधारण शेयर सदस्यको तुरुन्तै रुपान्तरण गर्नेछ भन्ने विषयमा हामी सहमत छौं । यस बराह वचत तथा ऋण सहकारी संस्था लि.हाल संकटकालीन अवस्थामा रहेकोले मिति २०७९ बैशाख महिनादेखिको ब्याजलाई कानून बमोजिम सहकारी ऐन नियम अन्तर्गत न्यूनतम ब्याज निर्धारण गरी वचतकर्ताहरुलाई भुक्तानी दिइने विषयमा हामी सहमत छौं ।

 . यस सम्झौता पश्चतात संघर्ष समिति स्वतः पूर्ण अधिकार प्राप्त अनुगमन समितिको रुपमा परिणत हुनेछ र अनुगमन समितिमा दैनिक रुपमा बढीमा ७ जना सम्मको समूहले दैनिक रुपमा बराहका सम्पूर्ण व्यवसायिक निकायहरुको निरिक्षण,अनुगमन गरी सो को विवरण ठीक छ भनी ३ प्रतिमा हस्ताक्षर गरी ,एक प्रति सम्बन्धित संस्थाको कार्यालयमा एक प्रति धरान उपमहागरपालिका र एक प्रति अनुगमन समितिको सचिवालयमा सुरक्षित रुपमा राख्नेछ । बराह अनुगमन समितिको सचिवालयको कार्यालय तत्कालै स्थापना गर्नेछ र अनुगमन तथा निरिक्षण समितिलाई यातायात, खाजा र टेलिफोन खर्चको व्यवस्था गरिनेछ र धरान बाहिर जानुपर्ने अवस्था रहेमा न्यूनतम् रुपमा खान र बस्ने खर्चको व्यवस्था हुनेछ भन्ने कुरामा हामीहरु सहमत छौं ।

 १०. बराह ग्रुप अफ कम्पनीका ब्यवसायिक गतिविधि निर्धारित योजना बमोजिम कुशलता पूर्वक सञ्चालन भए नभएको, भूक्तानी प्रक्रिया तोकिए बमोजिम भए नभएको बचत तथा लगानीकर्ताको मन्जुरीले बचत तथा लगानीकर्ताद्वारा छनोट गरिएको नेतृत्वलाई समावेश गरेर बराह अनुगमन समिति गठन गर्ने र बराहको ब्यासायिक कृयाकलापको अनुगमन गरी कुनै समस्या देखिएमा सुधारको सुझाव सहित प्रतिवेदन तयार गरी सम्बन्धित अधिकार सम्पन्न मूल व्यवस्थापन समितिमा पेश गरी आवश्यकता अनुसार अभिलेख गर्ने परिपाटी कायम गर्ने कुरामा हामी सहमत छौं ।

 ११ बराह वचत सहकारी,बराह ग्रुप र संघर्ष समितिका पदाधिकारीहरु बीच असमझदारी भई विवाद भएको कुरामा सम्पूर्ण अड अदालतमा जाँदा आउँदा लागेका वा लाग्ने खर्चहरु उक्त बराह सहकारी र बराह ग्रुप अफ कम्पनीले व्यहोर्ने छ ।

 १२ बराह वचत सहकारी,बराह ग्रुप अफ कम्पनीका संचालकहरु,विभागिय प्रमुखहरु,उप–प्रमुखहरु,पूर्व संचालकहरु समेतले वचतकर्ताहरुको रकम भुक्तान नहुन्जेल तथा व्यवसाय असल रुपमा संचालन नभएसम्म नेपाल भन्दा बाहिर जान पाउने छैन र यदि अतावश्यक रुपमा जानुपर्ने अवस्था भएमा प्रथम पक्षको सहमतिमा मात्र जान सक्नेछ भन्ने कुरामा हामीहरु सहमत छौं ।

  १३ यसैकोे प्रकरण नं ३ बमोजिमको छानविन समितिले आफ्नो प्रतिवेदन बुझाए पछि प्रतिवेदनले निर्देश गरेका कुरा कार्यान्वयन गर्दै बराह बचत तथा ऋण सहकारी संस्थाको लेखा परीक्षण प्रतिवेदन तयार गरी विशेष साधारण सभा वा बार्षिक साधारण सभा गरी सहकारीमा नयाँ नेतृत्व कायम गरेर सहज सञ्चालन हुने तथा बचत कर्ताको बचतको सुरक्षाको प्रत्याभूती सहित फिर्ता गर्न सक्ने सहज अवस्था सीर्जना गर्नु पर्छ भन्ने कुरामा हामी सहमत छौं ।

  १४.बराह ग्रुप अफ कम्पनी र बराह बचत तथा ऋण सहकारी लि.धरान अन्तर्गतका व्यवसायिक प्रतिष्ठानहरु र सो अन्तर्गतका सन्चालकहरु,पूर्व सन्चालकहरु,विभागिय प्रमुखहरु,कर्मचारीहरु,पूर्व कर्मचारीहरुको नाममा रहेको चल अचल सम्पत्तिबाट प्राप्त कर्जा,विक्रि वितरणबाट प्राप्त नगद संयुक्त त्रिपक्षीय कोषमा जम्मा भए पश्चात उक्त रकमहरु बराह वचत तथा ऋण सहकारी लि. मार्फत  बराह ग्रुपका व्यवसायिक प्रतिष्ठानहरुमा  आवश्यकतानुसार पूर्ण अधिकार प्राप्त व्यवस्थान समितिको लिखित सहमतिमा मात्र लगानी गर्नुपर्ने र अनावश्यक फजुल खर्चहरु गर्न नपाउने ,बराह सहकारी र बराह ग्रुप अन्तर्गतका कर्मचारीहरुको हकमा विगतमा यस प्रतिष्ठानमा काम गरेका अनुभवी र इमान्दार कर्मचारीहरु छनौट गरी अति नै आवश्यकीय संख्यामा मात्र राख्ने र सम्झौता हुनुभन्दा अघि काम गरेका कर्मचारीहरुको यथार्थ विवरण तयार गरी निजहरुलाई दिनुपर्ने पारिश्रमिक बाँकी रहेको भएमा कोषमा रकम जम्मा भएपछि निजहरुलाई संकटकालीन अवस्थाको बारेमा जानकारी गराई व्यवसाय पूर्ण रुपमा संचालन भए पश्चात नेपाल सरकारले तोकेको न्यूनतम् पारिश्रमिक भुक्तानी दिने कुरामा सहमत छौं र आगामी दिनहरुमा आवश्यकता भन्दा बढी कर्मचारीहरुलाई स–सम्मान विदा गरिदिने भन्ने विषयमा हामी सहमत छौं । 

 १५.यस करारनामाको अवधि सम्पूर्ण वचतकर्ताहरुको रकम चुक्ता नहुन्जेल यस करारको मितिले अन्तिम अवधि ३ बर्ष सम्म रहिरहनेछ तर यी माथि प्रकरण नं.१ मा उल्लेखित शर्त बमोजिम १५ दिनभित्र द्वितिय पक्षले नगद  काउन्टर सन्चालनका साथै १ महिना भित्रमा नगद वितरण कार्य सुचारु र ३ महिना भित्रमा अन्य व्यवसायिक कारोबार सन्चालन नगरेमा वा गर्न नसकेमा करारको शर्त उलघंन भएको ठहरिनेछ र पुनः साविकै अवस्था बमोजिम सम्पूर्ण द्वितिय पक्ष  बराह बचत तथा ऋण सहकारी लि. र बराह ग्रुप अफ कम्पनी लगायत संचालक,पूर्व सन्चालक,विभागिय प्रमुख,उप–प्रमुख,कर्मचारीहरु,लेखा परीक्षक,कानूनी सल्लाहकार लगायतको चल अचल सम्पत्तिहरु सम्बन्धित निकायहरुबाट स्वतः रोक्का गरिदिनेछ वा हुनेछ भन्ने कुरामा हामी द्वितिय पक्ष सहमत छौं साथै कानून बमोजिम कुनै पनि क्षतिपूर्ति, कार्यवाही, सजाय ,सहन वा भोग्न द्वितिय पक्ष तयार हुने कुरामा हामीहरु सहमत छौं ।

 १६.यी माथि उल्लेखित सम्पूर्ण करारमा उल्लेखित सहमती भएका बुँदाहरुहरुलाई अक्षरशः पालन गर्न गराउनका साथै बराह ग्रुप अप कम्पनी र बराह बचत तथा ऋण सहकारी लि.लाई सहजरुपले सन्चालन गर्नको निम्तिि  १ एक हप्ताभित्र बराह व्यवसायिक प्रतिष्ठान संचालन निर्देशिका तयार गरी प्रथम पक्ष र द्वितिय पक्षको हस्ताक्षर सहित सम्पन्न गरी सो निर्देशिकालाई धरान उप–महानगरपालिका कार्यालयमा दर्ता गरी सोही बमोजिम कार्य गर्ने विषयमा हामी सहमत छौं ।