धरानः बैङ्क तथा वित्तिय संस्थालाई ब्याजदर एक अंकमा ल्याउन उद्योगी व्यवसायीहरुले माग गरेका छन् । वित्तिय सस्ंथाले मागलाई बेवास्ता गरे आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
शनिबार सुनसरी उद्योग वाणिज्य सङ्घले आयोजनामा बैङ्कर्ष तथा सरोकारवालाहरूसँगको छलफल तथा शुभकामना आदानप्रदान कार्यक्रममा ब्याजदर एक अङ्क ल्याउन माग गरेको हो ।
ब्याजदर नियन्त्रण नगरेमा आन्दोलन गर्ने चेतावनी दिएको हो । सङ्घले जारी गरेको विज्ञप्तिमा मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै आयात प्रतिस्पथानका लागि सङ्घर्षरत नीजि क्षेत्रलाई अवैज्ञानिक रुपमा बृद्धि गरिएकाले व्याजदर मारमा परेको उल्लेख गरेको छ ।
अवैज्ञानिक र एकतर्फी तरिको बृद्धि गरिएको ब्षजदर एक अङ्कमा ल्याउन र वर्तमान चालु पुँजी मार्ग निर्देशनलाई यथावत राखि कम्तिमा आर्थिक अवस्था सहज भएपछि लागु गर्न माग पनि गरेको हो ।
सङ्घ अध्यक्ष विजय श्रेष्ठले बैङ्क तथा वित्तिय संस्थाले किस्ताको लागि दिइने मानसिक तनावका कारणले व्यवसायिक क्षेत्र विक्षिप्त बनेको बताए । उनले बैङ्क तथा वित्तिय संस्था सामान्तको रुपमा विकास भएको दावी गरे । उद्योगी व्यवसायीहरुले थेग्न नसक्ने गरी भएको ब्याजदरको बृद्धिलाई नियन्त्रण गर्न अनुरोध गर्दा पनि गम्भिर रुपमा नलिए आन्दोलन गर्ने सङ्घले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य सङ्घको १ नं. प्रदेशको आयोजनामा प्रदेशभका उद्योग वाणिज्य सङ्घको भेलाले गरेको निर्णय जानकारी गराउादै आन्दोलनबाट आउने जटिलताको जिम्मेवारी सम्बन्धित निकायले लिनु पर्ने पनि जनाएको छ ।
कोरनाका कारणले मुलुकको अर्थतन्त्र प्रभाजित बनेको, रसिया र युक्रेन युद्धका कारणले निजी क्षेत्र र पुरै अर्थतन्त्र नै धरासयी परेको जनाएको छ । धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघा प्रमुख अतिथि रहेका कार्यक्रममा बैङ्क तथा वित्तिय संस्थाका प्रतिनिधि, इलाका प्रशासन कार्यालय धरानका चुडाराज भट्टराई, आन्तरिक राजस्व कार्यालय धरानका प्रतिनिधिलगायतका उपस्थिति रहेको थियो ।